समुदाय प्रहरी साझेदारी कार्यक्रम स्वच्छ सडक अभियान बिषय अन्तर्किया कार्यक्रम सम्पन्न

समुदाय प्रहरी साझेदारी कार्यक्रम स्वच्छ सडक अभियान बिषय अन्तर्किया कार्यक्रम सम्पन्न

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ८ गते मङ्गलबार ०४:३८

पर्वत २०७५ माघ ८ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्वच्छ सडक अभियान बिषयमा अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ । मंगलवार जिल्ला प्रहरी कार्यालय पर्वत र डिभिजन वन कार्यालय पर्वतको सहकार्यमा  कार्यक्रम सम्पन्न भएको...

कार्यक्रममा डिभिजन वन कार्यालय पर्वतका प्रमुख वन अधिकृत दधिलाल कंडेल, जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारी, सहायक वन अधिकृत माधुरी खड्का, प्रहरी निरीक्षक विनी महादेव पौडेल र राजन रायमाझी, भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका संरक्षण अधिकृत उमेश पौडेल, सहायक अधिकृत विवेक तामाङ तथा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृतहरु उपस्थिती रहेको थियो ।

 


उक्त कार्यक्रममा पर्वत जिल्लाको राजमार्ग सडकमा हुने गरेको फोहोर व्यवस्थापन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय र पालिकाहरुले समन्वय गरी सम्पादन गरेका कार्यहरु प्रभावकारी रहेको र त्यसलाई थप व्यवस्थित गराउन साझेदारी संस्थाको रुपमा डिभिजन वन कार्यालय र भू तथा जलाधार व्यवस्थापन कार्यालयले आवश्यक सहकार्य गरी फोहोरमैला व्यवस्थापन तथा फोहोर मैला सम्वन्धी सचेतनामुलक कार्यक्रमहरु संचालनमा ल्याउने विषयमा छलफल भएको थियो ।

उक्त छलफलवाट सडकलाई स्वच्छ राख्नको लागी जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालय र भू तथा जलाधार व्यवस्थापन कार्यालयको सहकार्यमा यस कार्यक्रममलाई अभियानकै रुपमा संचालन गर्नको लागी यस कार्यालयमा कार्यरत प्रहरी निरीक्षक राजन रायमाझीको संयोजकत्वमा ७ सदस्यीय कार्य समिति समेत गठन गरिएको पर्वत प्रहरीले वताएको छ ।

प्रकाशित मिति २०७५ माघ ८ गते मङ्गलबार ०४:३८
प्रतिक्रिया दिनुहोस