
पर्वतको जलजला गाउँपालिका बस्तीहरू डाँडाकाँडामा छन्, जहाँबाट अस्पतालसम्मको यात्रा कठिन र कहिले काँही असम्भवजस्तै लाग्न सक्छ। तर यही दुर्गम भूगोलमा जलजला गाउँपालिकाले सञ्चालनमा ल्याएको निःशुल्क र सहुलियत दरमा एम्बुलेन्स सेवा सयौं जनाको जीवनमा भरोसा बनेको छ।
२०७८ साउनदेखि सुरु भएको यो सेवाबाट अहिलेसम्म ४३५ जनाले सेवा लिइसकेका छन्। अपाङ्ग, ज्येष्ठ नागरिक, सुत्केरी महिला र आर्थिक रूपमा कमजोर वर्गका लागि यो सेवा निःशुल्क छ, भने अन्यले न्यून शुल्क तिरेर सेवा लिने व्यवस्था गरिएको छ। हाल सम्मकाे तथ्यांक अनुसार २४० जनाले निःशुल्क, १९५ जनाले सहुलियत दरमा सेवा लिएका छन्। संकलित झन्डै ७ लाख रुपैयाँ सेवा सुदृढीकरणमा प्रयाेग भयकाे छ ,यो सेवा जनताको जीवनमा कस्तो प्रभाव पारेको छ भन्ने कुरा व्यक्तिगत अनुभवबाट प्रष्ट हुन्छ।वीर बहादुर पुनको अनुभव: “एक फोनले जीवन सजिलो भयो”जलजला गाउँपालिका वडा नं. ७ धाईरिङ खानीगाउँ निवासी वीर बहादुर पुन भन्नुहुन्छ “मलाई अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल जानुपर्ने भयो। हाम्रो गाउँबाट बाग्लुङ धौलागिरी प्रादेशिक अस्पताल पुग्न गाह्रो पर्छ। पालिकाको नि:शुल्क एम्बुलेन्स सेवा लिन सकिने जानकारी पाएँ। एक फोन गरेँ, एम्बुलेन्स घरमै आइपुग्यो। समयमै अस्पताल पुगें। सेवा सहज, सम्मानजनक र नि:शुल्क थियो। लयस्तो सेवा प्रदान गरेकोमा म गाउँपालिकाप्रति हार्दिक धन्यवाद व्यक्त गर्छु।”वीर बहादुर जस्ता पालिकाका धेरै जनताले सेवा पायका छन। वृद्ध, गर्भवती महिला, अपाङ्ग वा अन्य कमजोर वर्गको मान्छेले सस्तो र समयमै सेवा पाउदा अाफुहरूलाई हर्ष लागेकाे सेवालियका सेवाग्राही हरूले बतायका छन। यता गाउँ पालिकाले सुरू गरेकाे एम्बुलेन्स सेवा प्रभाबित हुदा पालिकामानै खुसि मिलेकाे अनुभव बताउनु हुन्छ पालिकाका अध्यक्ष अाचार्यले एम्बुलेन्स सेवाले कति मान्छेको जीवन सजिलो बनाउँछ भन्ने कुरा जलजलाले देखाइदिएको छ। यो सेवा केवल योजना वा कार्यक्रम होइन, जनताको दुःख र आवश्यकता बुझेर सुरु गरिएको एउटा संवेदनशील अभ्यास हो । याे अभ्यास सबै स्थानीय सरकारका लागि पनि अाबस्यक भयकाे हुदा सबै ले यसरी सेवा संचालन गर्नु पर्नै स्वास्थ्य शाखा जलजला गाउपालिकाले बताउदै अागामि दिनमा पनि निरन्तरता दिने पालिकाले जनाएको छ।
प्रकाशित मिति २०८१ चैत २८ गते शुक्रबार ०८:४६