
पन्चासे केवलकार एण्ड टुर्स लिमिटेडको अध्यक्षमा रामचन्द्र शर्मा चयन भएका छन ।
तनहुँको बन्दीपुरमा सम्पन्न कम्पनीको संचालक समितिको दोस्रो बैठकले अध्यक्षमा शर्मालाई चयन गरेको हो ।
कम्पनीको प्रारम्भिक साधारणसभाले सञ्चालक समिति गठन गरेको थियो । सञ्चालक समितिमा प्रेम सुबेदी, प्रेम भण्डारी, प्रेम गिरी, किरण पोख्रेल, चिन्तामणी शर्मा, कमलबहादुर बस्नेत, धर्मराज भण्डारी र हरिहर सापकोटा चयन भएका थिए ।
कम्पनीका नयाँ अध्यक्षलाई जेष्ठ सञ्चालक प्रेम सुबेदीले पदस्थापन गरेका थिए । उक्त बैठकले पञ्चासेमा केवलकार सहितको बिस्तृत परियोजना सम्पन्न गर्नका लागि कार्ययोजना समेत पारित गरेको छ भने प्रभावित क्षेत्रका आर्थिक अवस्था कम्जोर भएका स्थानियलाई रोजगारी सुनिश्चित गर्ने तथा शेयर सदस्य बनाउने बिशेष कार्ययोजना समेत स्विकृत गरेको छ । स्थानियलाई रोजगारी सुनिश्चित गरि शेयर समेत कायम गराउनका लागि बिशेष कार्यक्रम नै घोषणा गरिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । आर्थिक अवस्था कम्जोर भएका स्थानियले कम्पनीमा रोजगारी गरि निश्चित रकम कट्टा गर्दै शेयर सदस्य समेत बन्न सक्ने कार्यक्रम अघि सारिएको छ ।
सञ्चालक समिति बैठकले कम्पनीको सहायक समितिको रुपमा वुमन मिलेनियर्रस) समेत गठन गरेको छ । कल्पना बराल सापकोटाको अध्यक्षतामा गठन भएको समितिको सचिबमा शान्ति गौतम सहित १५ सदस्य रहेका छन । यसैगरी कम्पनीले बिभिन्न २५ वटा बिभाग समेत गठन गरेको छ । कम्पनीको लेखा परिक्षण संयोजकमा प्रेम भण्डारी, जनसम्पर्क बिभागमा हरिहर सापकोटा, सामाजिक संघसंस्था बिभागमा प्रेम गिरी, सञ्चार समन्वय बिभागमा दुर्गाप्रसाद शर्मा, प्राबिधीक बिभागमा हरिप्रसाद गौतमलाई चयन गरेको छ ।
पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडले अन्तराष्ट्रिय रुपमा समेत आफ्ना सम्पर्क अधिकारीहरु तोकेको छ । गैह्र आवासिय नेपालीले पनि कम्पनीमा लगानी गर्न सकुन भनेर बिभिन्न देशमा सम्पर्क अधिकारी र गैह्र आवासिय नेपाली संघ संग समेत समन्वय गर्ने भएको छ । कम्पनीको अन्तराष्ट्रिय सम्बन्ध कार्यालयका जापानका बिष्णुप्रसाद गौतम, एनआरएनएका लागि अष्टे्रलियाका सन्तोष अधिकारी र युरोपियन मुलुकका लागि बेल्जियमका कृष्ण तिवारीलाई जिम्बेवारी दिइएको छ । कम्पनीले खाडी मुलुकबाट तत्कालै अन्तराष्ट्रिय समिट आयोजना गरि लगानी जुटाउने भएको छ । युएइमा हुने अन्तराष्ट्रिय पर्वत समाजको समिटमा समेत कम्पनीका योजना र लगानीका बारेमा प्रस्तुति दिने कार्यक्रम राखेको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति २०७५ माघ १४ गते सोमबार १२:५०