।मोदी गाउँपालिका ६ तिलाहारको नवजागृत बहुमुखी क्याम्पस डिमुवामा सञ्चालीत १ दिने निशुल्क मुटु रोग सम्बन्धि शिविर

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ १४ गते सोमबार ०१:१६

पर्वतको मोदी गाउँपालिका ६ तिलाहारको नवजागृत बहुमुखी क्याम्पस डिमुवामा सञ्चालीत १ दिने निशुल्क मुटु रोग सम्बन्धि शिविरमा ३ सय ६५ जनाले सेवा लिएका छन । माघ १२ गतेका दिन विभिन्न संघ संस्थाहरुको सहयोग तथा आयोजनामा शिविरमा विभिन्न...

पर्वतको मोदी गाउँपालिका ६ तिलाहारको नवजागृत बहुमुखी क्याम्पस डिमुवामा सञ्चालीत १ दिने निशुल्क मुटु रोग सम्बन्धि शिविरमा ३ सय ६५ जनाले सेवा लिएका छन । माघ १२ गतेका दिन विभिन्न संघ संस्थाहरुको सहयोग तथा आयोजनामा शिविरमा विभिन्न प्रकारका मुटु रोगका विरामीहरुले सेवा लिएका हुन । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोगमा लायन्स क्लब अफ पोखरा लेक सिटिको आयोजना र मोदी गाउँपालिकाको सह आयोजनामा सञ्चालन भएको शिविरमा विरामीहरुलाई उत्साहजनक सहभागीता रहेको मोदी गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेले जानकारी दिनुभयो ।

शिविरमा पोखराबाट विशेषज्ञ डाक्टर नारायण गौतम र केन्द्रबाट डाक्टर रवी मल्ल, डाक्टर विजय कुमार रोनियार डाक्टर राकेश बहादुर अधिकारी लगाएतले विशेषज्ञ सेवा प्रदान गर्नुभएको थियो । शिविरमा मुटुरोगको परिक्षण, निशूल्क इसिजी सेवा, मुटुको भिडियो एक्सरे सेवा, निःशुल्क सुगर जाँच, पिटि÷आइएनआर लगाएतका सेवाहरु उपलब्ध गराइएको लामिछानेले बताउनुभयो । शिविरमा जाँच गरिएका विरामीहरुलाई आवश्यक पर्ने निःशुल्क अथवा सहुलियतमा शहिद गंगालाल हृदय केन्द्रमा उपचारको ब्यवस्था समेत मिलाइएको थियो । शिविरमा १ सय ७९ जना पुरुष र १ सय ८६ जना महिलाले सेवा लिएका थिए ।

प्रकाशित मिति २०७५ माघ १४ गते सोमबार ०१:१६
प्रतिक्रिया दिनुहोस