१३ करोडमा आलियाले किनिन् तेश्रो अपार्टमेन्ट

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ १७ गते बिहिबार ११:०५

बलिउडमा नम्बर १ स्थानका लागि प्रबल दाबेदार बनिरहेकी नायिका आलिया भट्टको सफलता लोभलाग्दो छ । आलियालाई लिएर चलचित्रदेखि विज्ञापनमा काम गर्न चाहनेको लाइन लामो छ । आलियाले काम गरेका चलचित्र ब्याक टू ब्याक हिट भएपछि उनको माग चर्को...

बलिउडमा नम्बर १ स्थानका लागि प्रबल दाबेदार बनिरहेकी नायिका आलिया भट्टको सफलता लोभलाग्दो छ । आलियालाई लिएर चलचित्रदेखि विज्ञापनमा काम गर्न चाहनेको लाइन लामो छ । आलियाले काम गरेका चलचित्र ब्याक टू ब्याक हिट भएपछि उनको माग चर्को छ । यसैले पनि आलियाको आम्दानी पनि लोभलाग्दो नै छ ।

आलियाले अपार्टमेन्ट खरिदमा पनि लगानी गरिरहेकी छिन् । उनले हालैमात्र, जुहुमा महंगो रकममा अपार्टमेन्ट किनेकी छिन् । जुहुमा उनले किनेको अपार्टमेन्टको मुल्य १३ करोड बताइएको छ । २३ सय स्क्वायर फिटमा फैलिएको यो अपार्टमेन्ट खरिद गरेपछि आलियासँग ३ वटा अपार्टमेन्ट भएका छन् ।

प्रकाशित मिति २०७५ माघ १७ गते बिहिबार ११:०५
प्रतिक्रिया दिनुहोस