जिल्ला प्रहरी कार्यालय पर्वतले ठगीमा संलग्न एक जना पुरुषलाई पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्वतले ठगीमा संलग्न एक जना पुरुषलाई पक्राउ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ १८ गते शुक्रबार ०८:००

गरेको छ । पक्राउ पर्नेमा ललितपुरको साविक वडीखेल गाविस वडा न. २ हाल गोदावरी नगरपालिकाको वडा नं. ४ वस्ने ४० बर्षिय सन्तोष न्यौपाने रहेका छन । न्यौपानेले पर्वतको फलेवास नगरपालिका तथा वाग्लुङ जिल्लामा समेत गई आँफू सिर्जनशिल अन्धा अपाङग...

गरेको छ । पक्राउ पर्नेमा ललितपुरको साविक वडीखेल गाविस वडा न. २ हाल गोदावरी नगरपालिकाको वडा नं. ४ वस्ने ४० बर्षिय सन्तोष न्यौपाने रहेका छन । न्यौपानेले पर्वतको फलेवास नगरपालिका तथा वाग्लुङ जिल्लामा समेत गई आँफू सिर्जनशिल अन्धा अपाङग प्रवर्धन केन्द्र शाखा कार्यालय पोखरा सिद्धार्थ चोकको मेनेजिङ्ग डाईरेक्टर भएको वताउँदै सोही शाखामा जागिर लगाईदिने, आफ्नो संस्थाले गाउँ घरका गरिव दलित व्यक्तिहरुलाई निरव्याजी पैसा सहयोग गर्ने लगायतका प्रलोभन देखाई बिभिन्न व्यक्तीहरुवाट रकम ठगेको पाईएको छ ।

 

उनले ठगी गरिरहेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतले अरु जिल्लाहरुसंग समेत समन्वय गरी खोजी शुरु गरेको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार न्यौपानेलाई गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. ६ हरमटारीचोक स्थित होटल मिराकलको कोठा नम्वर २०२ बाट पक्राउ गरेको   हो । पक्राउ परेका न्यौपानेलाई जिल्ला अदालत पर्वतवाट ठगी सम्वन्धी कसुर मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७५ माघ १८ गते शुक्रबार ०८:००
प्रतिक्रिया दिनुहोस