सेवा ग्राही लाई काम ग्रर्न सहज बनाउदै आयका ढकाल समाज सेवामा पनि काम र्गर्दै पर्वतका सिडियो।

सेवा ग्राही लाई काम ग्रर्न सहज बनाउदै आयका ढकाल समाज सेवामा पनि काम र्गर्दै पर्वतका सिडियो।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ २३ गते बुधबार ०८:४७

  पर्वत– पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल ले समाज सेवा मा पनि काम र्गर्दै आइरहनु भएको छ। ढकालले बाबुको मृत्युपछि आफ्ना नावालक छोराछोरीलाई छाडेर आमाले नै दोस्रो विवाह गर्दा बिचल्लीमा परेका तीन बालबालिकालाई सहयोगी...

 

पर्वत– पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल ले समाज सेवा मा पनि काम र्गर्दै आइरहनु भएको छ। ढकालले बाबुको मृत्युपछि आफ्ना नावालक छोराछोरीलाई छाडेर आमाले नै दोस्रो विवाह गर्दा बिचल्लीमा परेका तीन बालबालिकालाई सहयोगी खोजेर घडेरी पास गरिदिनुभएको छ । बाबुको मृत्युपछि आमाले दोस्रो बिहे गर्दा बिचल्लीमा परेका पर्वतको कुस्मा नगरपालिका – ९ कटुवाचौपारीका तीन दलित समुदायका बालबालिकालाई ५ आना घडेरी पास गरिदिनुभएको छ ।

बाबु आमा नहुँदा सहारा बिहीन भएका बिशाल परियार, बिवेक दर्जी र बिश्वास परियारलाई सोमबार लालपुर्जा हस्तान्तरण गरिएको छ । उक्त जग्गाको मुल्य ५ लाख भन्दा बढी पर्छ । तीन बालबालिकाको बिचल्ली देखेपछि उनीहरुलाई स्थायी बसोबास र शिक्षा दिने कुरामा पहल गर्ने रुची जागेर आएको प्रजिअ ढकाल बताउनुहुन्छ ।‘शान्तिसुरक्षा कायम गर्ने र दैनिक प्रशासनिक काम गर्ने भएपनि असहय, हिंसापिडीत र निमुखाहरुको लागि केही गर्नुपर्छ भन्ने भावनाले यो पहल गरेको हुँ’ जग्गाको लालपुर्जा हस्तान्तरण कार्यक्रममा प्रजिअ ढकालले भन्नुभयो ‘अब उनीहरुका लागि आवास बनाउन पहल गर्छु’

प्रजिअ ढकालको पहलमा तत्कालिन जिल्ला बिकास समितिका उपसभापति राम शर्मा पौडेलले जम्मा १ लाख रुपैया लिएर ५ लाख भन्दा बढीको घडेरी पास गरिदिनुभएको छ । घडेरी किन्नका लागि प्राबिधीक क्षेत्रमा काम गर्ने २४ जना युवाहरुले एक लाख रुपैंया संकलन गरेका थिए । इन्जिनियर सुरेन्द्र गौतमको नेतृत्वमा संकलित उक्त रकम गौतम, सरोज ढकाल र इन्द्रबहादुर राणा थापाले बालबालिकालाई हस्तान्तरण गरिएपछि जग्गाधनीलाई बुझाइएको छ ।

०७४ मंसिरमा मृत्यु भएका पर्वतको कुस्मा नगरपालिका–९ कटुवाचौपारीस्थित छेउखन्नाका धनबहादुर दमैका तीन छोरा बिचल्लीमा परेका थिए । उनका दुई श्रीमतीमध्ये सावित्री दमै चार वर्षअघि र कान्छी देवी परियार दुई वर्षअघि दोस्रो विवाह गरी गइसकेका छन्। देवीतर्फका छोरा विवेक र सावित्रीतर्फ विशाल र विश्वास बाबुको मृत्युपछि सहाराविहीन बनेका थिए । उनीहरु वृद्ध हजुरबुबा हजुरआमाको साथमा जीवनयापन गर्दै आएका छन्।

प्रकाशित मिति २०७५ माघ २३ गते बुधबार ०८:४७
प्रतिक्रिया दिनुहोस