फलेवास नगरपालिकाको आयोजनामा महिला लक्षित तीन दिने उद्घोषण तालिम सुरु भएको छ। महिलाको नेतृत्व क्षमता, आत्मविश्वास तथा सार्वजनिक बोल्ने सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा नगरपालिकाका ११ वटै वडाबाट ३० जना महिलाको सहभागिता रहेको थियो।
तालिम उद्घाटन कार्यक्रममा बाेल्दै नगरपालिकाका प्रमुख गंगाधर तिवारीले “महिलाहरू समाज र राष्ट्र विकासका महत्वपूर्ण आधारस्तम्भ हुन्। महिलाहरूको ज्ञान, सीप र नेतृत्व क्षमताको विकास बिना समुन्नत समाजको परिकल्पना गर्न सकिँदैन। यस क्षमता अभिवृद्धि तालिमले सहभागी दिदीबहिनीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता तथा उद्यमशीलताको भावना सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै परिवार, समाज र नगरको समग्र विकासमा सक्रिय भूमिका निर्वाह गर्नुहुनेछ गर्न अाग्रह गर्नु भएको थियाे । कायर्त्रममा कार्यपालिका सदस्य नेत्र कुमार विक तथा वडा नं ५ का वडा अध्यक्ष नारायण लामिछानेले मन्तव्य व्यक्त गर्नुभएको थियो
तालिममा धौलागिरि मिडियाका प्रधान सम्पादक विष्णु सापकाेटा गौतम ,नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी, कान्तिपुर टेलिभिजनका बागलुङ संवाददाता प्रदिप पन्तले उद्घोषण कला, भाषण कला, प्रभावकारी बोल्ने सीप, यसको महत्व तथा आवश्यकता सम्बन्धी प्रशिक्षण दिनु भएकाे िथयाे
प्रशिक्षकहरूले उद्घोषण तथा सञ्चार सीपले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा लैङ्गिक क्षेत्रमा सकारात्मक प्रभाव पार्नुका साथै महिलाको नेतृत्व विकास र सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा सहजीकरण गरेका थिए।
फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगरपालिकाको न्यायिक समितिका सहजकर्ता जगतबहादुर कुँवर ले गर्नुभएको थियो। तालीम २३ देखी २५ गते सम्म संचालन हुनेछ जसमा प्रशीक्षण विष्णु सापकाेटा गौतमकाे रहने छ ।
प्रकाशित मिति २०८३ जेठ २३ गते शनिवार ०३:२५