क्यान्सरपीडित भण्डारीको उपचार गर्न आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित भण्डारीको उपचार गर्न आर्थिक सहयोगको अपिल

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८३ असोज १० गते शनिवार ०३:५२

ठूलो आन्द्राको क्यान्सरबाट पीडित भई उपचाररत पर्वतको कुश्मा नगरपालिका–६ निवासी रामकृष्ण भण्डारीको उपचारमा सघाउन आर्थिक सहयोगको आह्वान गरिएको छ । लामो समयदेखि उपचाररत उनको थप उपचारका लागि आवश्यक रकम अभाव भएपछि परिवारजनले आर्थिक...

ठूलो आन्द्राको क्यान्सरबाट पीडित भई उपचाररत पर्वतको कुश्मा नगरपालिका–६ निवासी रामकृष्ण भण्डारीको उपचारमा सघाउन आर्थिक सहयोगको आह्वान गरिएको छ ।
लामो समयदेखि उपचाररत उनको थप उपचारका लागि आवश्यक रकम अभाव भएपछि परिवारजनले आर्थिक सहयोग गरेर भण्डारीलाई बचाउन सबैमा अनुरोध गरेका छन् । हालसम्म उपचारका क्रममा ठूलो रकम खर्च भइसकेको र उनको आर्थिक अवस्था कमजोर बन्दै गएकाले थप उपचारमा आवश्यक पर्ने खर्च जुटाउन कठिनाइ भएको परिवारले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

क्यान्सरको थप उपचारका लागि भारत जानुपर्ने अवस्था आएको भए पनि उपचारका लागि भारत जान तथा त्यहाँ आवश्यक उपचार गराउन पर्याप्त आर्थिक स्रोत नभएका कारण भण्डारी र उनको परिवार थप कठिन परिस्थितिमा परेको छ ।
कठिन समयमा पर्वतवासी तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूसँग मानवीय सहयोगका लागि अपिल गरिएको छ । सहयोगी मनहरूले आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरी भण्डारीको उपचारमा साथ दिन परिवार तथा सहयोग अभियानमा संलग्न व्यक्तिहरूले आग्रह गरेका छन् ।

 

‘सानो सहयोगले पनि ठूलो आशा दिन सक्छ’ भन्ने भावनासहित सञ्चालन गरिएको सहयोग अभियानमा जोडिएर क्यान्सरपीडित भण्डारीको उपचारका लागि सहयोग गर्न आग्रह गरिएको छ । अभियानमार्फत संकलन हुने सहयोगले उहाँको थप उपचारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
यो अभियानबाट रकम सङ्कलन भएमा भण्डारीलाई उपचारका लागि तत्कालै भारत लगिने छ ।

प्रकाशित मिति २०८३ असोज १० गते शनिवार ०३:५२
प्रतिक्रिया दिनुहोस