तयारी लाई तिब्र प्रार्दै गुप्तेश्वर बिराट मेला आईतबार बागलुङको बलेवामा पनि गुप्तेश्वर विराट महायज्ञको उपसमिति गठन

तयारी लाई तिब्र प्रार्दै गुप्तेश्वर बिराट मेला आईतबार बागलुङको बलेवामा पनि गुप्तेश्वर विराट महायज्ञको उपसमिति गठन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ फाल्गुण १९ गते आईतबार १२:४४

पर्वतमा आगामी जेठ १ गतेदेखि ११ गतेसम्म सदरमुकाम कुश्मा पर्वतमा आयोजना गरिन लागेको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारी तिब्र चलेको छ । आईतबार बागलुङको बलेवामा पनि उपसमिति गठन गरिएको छ । बलेवामा सम्पन्न भेलाले गोबिन्दराज...

पर्वतमा आगामी जेठ १ गतेदेखि ११ गतेसम्म सदरमुकाम कुश्मा पर्वतमा आयोजना गरिन लागेको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारी तिब्र चलेको छ । आईतबार बागलुङको बलेवामा पनि उपसमिति गठन गरिएको छ । बलेवामा सम्पन्न भेलाले गोबिन्दराज पाठकको संयोजकत्वमा मेजर सुव्दार रामु लम्साल सचिब रहनेगरी १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । त्यस्तै गरी सल्लाहकारमा वडा अध्यक्ष नारायण प्रसाद पौडेल, मनबहादुर रोका, भैरबहादुर रोका, सुबेदार भिम बहादुर रोका, टेक बहादुर रोका, मिना कुमारी रोका रहनुभएको छ ।

 


कार्यक्रममा महायज्ञ मुल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माले मानविय जीवनमा धार्मिक आस्थाको दृष्टिले गर्नुपर्ने सवै कर्महरु महायज्ञबाट हुने बताउँदै ति धार्मिक कृयाकलापमा सवै सहभागि हुन आग्रह गर्नुभयो । उहाँले सवै वर्ग, जातिको समान पहुँच हुनेगरी महायज्ञ संचालन गर्न लागिएको बताउँदै तुलादान लगायत महत्वपुर्ण धार्मिक अनुष्ठानलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभभयो ।
कार्यक्रममा कोटीहोम आयोजक समितिका उपाध्यक्ष मानकुमारी गिरी, चन्द्रबहादुर खत्री, कोषाध्क्ष कमलनाथ पोख्रेल, महिला परिचालन संयोजक सरस्वती भण्डारी लगायत समितिका पधाधिकारीले यस यज्ञ सफल पार्नु यो क्षत्रकै कर्तव्य भएको र सबै जुट्न आग्रह गर्नुभयो । कार्यक्रमको सन्चालन महायज्ञ मूल समितिका महासचिव अच्युत तिवारीले गर्नुभएको थियो । समितिले अब कुनपाका बांकी वडाहरू र पर्वतका छ बटै पालिकामा समिति गठन गर्न जाने कार्यक्रम रहेको अच्युत तिवारी ले धौलागिरि मिडिया लाई जानाकारी दिनु भएको छ ।अन्य बिभिन्न ठाँउमा पनि समिति गठन गर्नै कार्यक्रम रहेको तिवारीको भनाई रहेको छ।

प्रकाशित मिति २०७५ फाल्गुण १९ गते आईतबार १२:४४
प्रतिक्रिया दिनुहोस