नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतको ३२ औँ जिल्ला सभाको अधिवेशन सम्पन्न भएको छ ।कुश्मा नगरपालिका–७ खरियामा सम्पन्न भएको अधिवेशनमा रेडक्रसलाई सहयोग पु¥याउने संघ–संस्था तथा व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो। कार्यक्रमको उद्घाटन गदै कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशीले नेपाल विभिन्न किसिमका विपद्को जोखिममा रहेको मुलुक भएको उल्लेख गर्दै विपद् जोखिम न्युनिकरणमा रेडक्रसले गर्दै आएको कामको प्रशंसा गर्नुभयो । उहाँले ०७२ मा गएको विनाशकारी भूकम्पपछिको उद्धार, राहत र पुनस्र्थापना कार्यमा रेडक्रसकर्मीले देखाएको अग्रसरता अनि बाढीपहिरो, आगलागीजस्ता आपतकाली विपत्ति र द्वन्द्वको समयमा निर्दोष नागरिकको सुरक्षा र मानवाधिकार रक्षाका लागि रेडक्रसले खेल्दै आएको भूमिका सराहनीय रहेको बताउनु भयो ।
कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ जलजला गाउँपालिकामा रेडक्रसले खेलेको भूमिका प्रंशासनीय रहेको बताउनु भयो । कार्यक्रममा कुश्मा नगरपालिका उपप्रमुख सिता काफ्ले लामिछानेले रेडक्रस आफ्नो सिद्धान्त अनुसार अगडी बढ्न सुझाव दिनुभयो । कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ललाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्वतका निर्वतमान अध्यक्ष सुन्दरप्रसाद जोशी, रेडक्रस सोसाईटी पर्वत शाखाका संस्थापक एवम् पूर्व केन्द्रिय सदस्य सुन्दरप्रसाद जोशी, विहादी गाउँपालिका–१ बाच्छाका वडाध्याक्ष सेवकनाथ आचार्य, कुश्मा नगरपालिका– ७ का वडा सदस्य पशुराम पुरी, पाङ–खुर्कोट – दुर्लुङ उपशाखाका सभापति हेम शर्मा पौडेल, मल्लाज उपशाखाका सभापति देवेन्द्रवहादुर भण्डारी, ज्ञादी–कटुवाचौपारी उपशाखाका सभापति डण्डपाणी शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतका सभापित रद्रवहादुर रिमालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै रेडक्रसले गरेका महत्वपूर्ण सेवामूलक कार्यको विवरण प्रस्तुत गर्नुभएको थियो । सभापति रिमालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य रेडक्रस पर्वतका उपसभापति डाक्टर चुडामणि शर्मा र इन्द्रमान खत्री र कार्यक्रमको संचालन नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतका मन्त्री गोविन्द पराजुलीले गर्नुभएको थियो ।
प्रकाशित मिति २०७५ चैत १७ गते आईतबार ०३:५३