सडक सँगै मानव स्वाथ्यमा समेत सचेत बन्दै पर्वत प्रहरी अव सडकमा फोहोर फालेमा कार्वाही हुने

सडक सँगै मानव स्वाथ्यमा समेत सचेत  बन्दै पर्वत प्रहरी अव सडकमा फोहोर फालेमा कार्वाही हुने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ चैत १७ गते आईतबार ०५:०५

महेन्द्र जिसी पर्वत राजमार्ग र सवारी साधन र व्यवसाय मानव स्वाथ्यसँग प्रत्येक्ष जोडीएका हुन्छन । मानव स्वाथ्य राम्रो भएमा मात्र सवारी र राजमार्गको उपयोग हुन्छ र दुर्घटनामा कमी आउँछ । यस्तै कुरालाई ध्यानमा राख्दै पर्वत प्रहरीले...

महेन्द्र जिसी पर्वत
राजमार्ग र सवारी साधन र व्यवसाय मानव स्वाथ्यसँग प्रत्येक्ष जोडीएका हुन्छन । मानव स्वाथ्य राम्रो भएमा मात्र सवारी र राजमार्गको उपयोग हुन्छ र दुर्घटनामा कमी आउँछ । यस्तै कुरालाई ध्यानमा राख्दै पर्वत प्रहरीले ६ जिल्लालाई नै सरसफाई युक्त बनाउन प्रहरी साझेदारी कार्यक्रम अन्त्रगत पर्वतमा सडक स्वच्छ सडक अभियान सञ्चालन गरीरहेको छ । जिल्लाका सबै सडक सरसफायुक्त बनाउन पर्वत प्रहरी र स्थानीय यातायात व्यवसाहीको सहकार्यमा सडकमा फोहोर फाल्न निषेधित क्षेत्र अंकीत स्टीकर टाँस गरीएको छ । सडक सरसफाई गर्ने तथा सार्वजनीक स्थान सरसफाई गर्ने गर्दै आएको पर्वत प्रहरीले ेसवारी साधनहरुवाट उत्पन्न हुने फोहोरलाई व्यवस्थित बानाउन र सडकलाई स्वच्छ एवं सफा वनाउन सवारी साधनहरुमा फोहोर फाल्ने डस्वीन राख्ने अभियान सहीत स्टीकर टाँस गरेको हो । शनीबार पर्वत प्रहरी तथा सामुदायीक प्रहरी सेवा केन्द्र पर्वतको सहकार्यमा जिल्ला हुँदै गुडने सवारीहरुमा स्टीकर टाँस गरीएको छ । सवारी चालकहरुलाई सवारीमा अनीवार्य फोहार मलाई राख्न निर्देशन दिँदै प्रहरी प्रमुख भुवनेश्वर तिवारीले सवारीका फोहोर निषेधित स्टीकर टाँस गर्नुभएको हो । सवारीहरुमा पुगेर चालकलाई स्वच्छ खानपान सुरक्षीत यात्राको अभियान अन्तर्गत सवारी सञ्चालन गराउन तिवारीले निर्देशन दिनुभएको थियो ।
। होटलको खानामा मर मसला धेरै हुने र चालकको व्लड प्रेसर घट् र बढ्न सक्ने जसकार कारण जुन सुकै समय दुर्घटना हुने सक्ने भन्दै स्वच्छ खानपानमा समेत चालकले ध्यान दिनुपर्ने तिवारीले बताउनु भयो । । सरसफाई युक्त सडकमा दुर्घटना पनि कम हुने र लापरभाई पनि कम हुनुको सार्थ यात्रा सुरक्षीत सँगै रोग व्यादी पनि घटने भन्दै अभियान तिब्र पारीएको बताउँदै सवारीहरुमा अनिवार्य फोहोर फाल्ने डस्वीन राख्ने अभियान सहीत स्टीकर टाँस गरीएको पर्वत ट्राफिक प्रमुख रामकृष्ण गौलीले जनाकारी दिनुभयो
सडक स्वच्छता कार्यक्रमले आँफु लगायत यात्रुहरुको स्वाथ्यमा समेत सचेतना भएको यातायात व्यवासायीहरुले बताएका हुन । सवारीमा फोहोर संकलन गर्ने भाँडा खरीद गरेर राख्ने व्यवसायीहरुले प्रतिबद्धता समेत जनाएका हुन । उनिहरुले सबैमा सचेतनाको विकास भएमा अभियानले निरन्तरता पाउने बताए
सामुदायिक सेवा केन्द्र पर्वतको अध्यक्ष शिव सुवेदीले विगतका प्रहरी प्रमुख भन्दा यस पटकको प्रहरी सकृयता बढेको बताउँदै जिल्लाका ६१ वाडा तहमा पुगेर प्रहरी र समुदायको साजेदारीमा आँफु सहीत पर्वत प्रहरीका अधिकृतहरु सहभागि हुन पाउँदा गाउँ तह सम्म अभियान तिब्र भएको बताउनु भयो । डिभिजन वन कार्यालय पर्वत सामुदायीक सेवा केन्द्र र जिल्ला प्रहरी ट्राफिक प्रहरीको सहकार्यमा पर्वत जिल्लामा सडक फोहोर फाल्न निषेधित क्षेत्र अंकित स्टीकर टांस गरीएको हो । टाँस गरीएका स्टीकरको वेवास्था गदै सडका फोहोर फालेका कार्वही थालिने प्रहरीले जनाएको हो ।

प्रकाशित मिति २०७५ चैत १७ गते आईतबार ०५:०५
प्रतिक्रिया दिनुहोस