कृषिको माध्यमबाट आत्मनिर्भर बनाउने उदेश्यका साथ जिल्लाका कृषकहरुलाई वेमौसमी तरकारी खेती संबन्धि तालिम सुरु भएको छ ।पर्वतको जलजला गाँउ पालिकाको वडा नं ९ बनौमा ६५ दिने बेमैसमि तरकारी तालिम उत्पादक तालिम सुरु भएको हो ।
प्राबिधिक शिक्षा तथा व्यावसाहिक तालिम परिषद धौलागिरि प्राबिधिक शिक्षालय थाङसाङ्ग मुस्थाङ्गको आयोजना तथा जलजला गाउँ पालिका वडा नं ९ वनौको समन्वय मा शुक्रबार बाट ६५ दिने तालिमको उद्धघाटन भएको हो । तालिममा वडा नं ९ का कृषकहरुलाई मध्यनजर र्गर्दै तालिम को आयोजना गरिएको वडा अध्यक्ष गौवबहादुर पुन ले धौलागिरि मिडिया लाई जानाकारी दिनु भएको छ।
उद्धघाटन शत्रमा बोल्दै धौलागिरि प्राबिधिक शिक्षालय कृषि शाखा प्रमुख प्रदिप गौतम ले तामिम लिनु मात्र नभई सफल भयर तालिमा सिकेका कुरा लाई व्यावाहामा उर्तान आग्रह र्गर्दै यो तालिमले अझै आत्मनिर्भर गराउने बताउनु भएको छ। ।तालिममा बनौका कृषक हरुको सहभागिता रहेको छ।सहभागीहरुलाई सैद्धान्तिक र व्यबहारिक दुबैै माध्यमबाट बेमैसमी तरकारी उत्पादनका उपायहरु सिकाउने वडा अध्यक्ष गौवबहादुर पुन ले जानाकारी दिनु भएको छ ।
तालिममा बेमैसमि तरकारी टमाटर,काउली,गाजर,प्याज,बन्दा, काँक्रो, बोडी,सिमी घिरौला तगाएतका तरकारिको बिउ उत्पादन देखि लगाउने र त्यस पछिको प्रक्रियाका बारेमा जानाकारि गराइने पुन को भनाई रहेको छ ।वडा अध्यक्ष गौउ बहादुर पुन को अध्यक्षतामा भएको कार्यक्रममा राजन श्रेष्ठ र प्रतिमा केसि लगाएत अन्य ब्यक्ती को पनि सहभागितिा रहेको थियो ।
प्रकाशित मिति २०७५ चैत २९ गते शुक्रबार ०४:५१