१० देखि बेपत्ता रहनुभएका पर्वतको कुश्मा नगरपालिका ९ कटुवाचौपारीका केशव पौडेल मृत अवस्थामा फेला पर्नुभएको छ । उहाँ कुश्मा ज्ञादी आउजाउ मोदी नदीमाथिको झोलुंगे पुलको केही पर चण्डिका शसस्त्र प्रहरी बल को गण रहेको बनको तल पर्ने मेबौर भन्ने स्थानमा मृत अवस्थामा भेटीनुभएको उहाँको दाजु बासुदेव पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार केशवको मृत्यू भीरबाट खसेर भएको हो वा कसैले हत्या गरेर फालेको हो ? भन्ने बारेमा केही पनि खुलन सकेको छैन् । शव भेटीएको स्थानभन्दा माथि रहेको झण्डै एक सय मिटरको उचाईबाट भीरबाट खसेको र रुखका हाँगाहरु भाँचिएको देखिएको छ । घटनास्थलको नजिकै उनले बोक्ने गरेको झोला पनि फेला परेको छ ।
मृतक केशवको शव सडेको अवस्थामा फेला परेको र उहाँले लगाउनुभएका लुगा, जुत्ता, नजिकै भेटीएको फोनको आधारमा पहिचान गरिएको हो । उहाँको मृत्यू कसरी भएको हो ? भन्नेबारेमा अनुषन्धान भैरहेको पोष्टमार्टमपछि मात्र त्यो कुरा पुष्टी हुने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । केशव गएको वैशाख १९ गते राती सदरमुकाम कुश्मा बजारबाट बेपत्ता हुनुभएको थियो । सोही राती १२ बजेको समयमा श्रीमतीसंग फोनमा कुरा गर्नुभएका उहाँ त्यसपछि सम्पर्क बिहीन बन्नुभएको थियो ।
प्रकाशित मिति २०७६ बैशाख २८ गते शनिवार ०३:४१