कार्यक्रमको पर्वतको मोदि गाँउपालिकामा तीन दिने गाँउपालिका स्तरीय ब्यवसायिक बाख्रा पालन तालिम आईतबारबाट सुरु भएको छ । मोदी गाउँपालिका पशु सेवा शाखाको आयोजनामा तालिम सुरु भएको हो । तालिममा मोदि गाँउ पालिका का ८ वटै वडाका २१ जना कृषकको सहभागिता रहेको छ ।
तालिममा बाख्राका जात, खोर व्यवस्थापन, आहारा व्यवस्थापन तथा बाख्रामा लाग्ने प्रमुख रोगका बारेमा जानकारी गराउने प्रशिक्षक मोदि गाँउपालिका पशु सेवा शाखाका प्रमुख बिमल र्शमा ले जानाकारी दिनु भएको छ । तालिममा बाख्रा पालन गर्दै आएका र बाख्रा पाल्न ईच्छुक महिला पुरुषको सहभागीता थियो।
तालिमको उद्घाटन गर्दै मोदी गाउँपालिकाका प्रेम र्शमा पौडेलले तालिम मा सहभागि हुनु ठुलो कुरा नभई तालिममा सिकेका कुरा व्यावाहारमा लागु गराउन पर्र्नै गरिबी हटाउन र जीवनस्तर माथी उठाउन बाख्रा पालनले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भएको छ ।आफ्नो उद्देश्य व्यवसायीक रुपमै बाख्रा पालन गर्ने किसान उत्पादन गर्ने भएको बताउँदै उहाले तालिममा सिकेको सिप प्रयोग गरेर नमुना व्यवसायी बन्न आग्रह र्गनु भएको थियो ।
उद्धघाटन सत्रमा गाउँपालिकाका अध्यक्ष प्रेम पैडेलको प्रमुख आथित्यतामा भएको कार्यक्रममा अतिथि प्रमुख प्रशासकिय अधिकृत कुमान सिङ्ग गुरुड्ड ,वडा सदस्य इन्द्र प्रसाद उपाध्य, लगाएतको उपस्तीत रहेको थियो ।मोदि गाँउ पालिकाका पशुसेवा शाखा का प्रमुख बिमल र्शमा को अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा सदस्य इन्द्र प्रसाद उपाध्य,संचालन मोदि गाँउपालिका पशु सेवा शाखाका कार्यक्रम संयोजक मित्रलाल सापकोटा को संचालनमा सम्पन्नभएको हो भने ३ दिन सम्म संचालन हुने तालिमको प्रशिक्षण पशुसेवा शाखा का प्रमुख बिमल र्शमा ,कार्यक्रम संयोजक मित्रलाल सापकोटा ,तथा नायव सुब्बा संजिव अधिकारीले र्गनु हुने कार्यक्रम संयोजक मित्रलाल सापकोटाले धौलागिरि मिडिया लाई जानाकारी दिनु भएको छ।
प्रकाशित मिति २०७६ बैशाख २९ गते आईतबार ०४:४५