सेफ एसोसीयसन युकेको च्यारीटीबाट धादिङको बिध्यालयलाई १० लाख सहयोग

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ १ गते बुधबार ०१:०९

धादिङको निलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि सहयोगार्थ लण्डनको मीडलैण्डमा च्यारिटी कार्यक्रम सम्पन्न भएको छ । नेपाली सेफ एसोसिएयन युकेको आयोजनामा सोमबार मिडल्याण्डमा...

धादिङको निलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि सहयोगार्थ लण्डनको मीडलैण्डमा च्यारिटी कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली सेफ एसोसिएयन युकेको आयोजनामा सोमबार मिडल्याण्डमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी रहनु थियो। संस्थाका महासचिव भुपेन्द्र पाठकले संचालन गरेको सो कार्यक्रममा संस्थाका अध्यक्ष दधि आचार्यको अध्यक्षतामा सम्पन्न  भयको सो कार्यक्रममा संयोजक कृष्ण ढकालले स्वागत मन्तव्य दिनु भयको थियो।
कार्यक्रममा गैरआवासीय नेपाली संघ बेलायतका उपाध्यक्षहरू पुनम गुरुङ, शेरबहादुर सुनार र प्रेम गाहा मगर, सेफ एसोसिएसन यूके संस्थापक अध्यक्ष कृष्ण तिमल्सिना, गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिम्खडा, नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, साझा नेपाली समाजका अध्यक्ष महेश अधिकारी, मनकामना महिला समूहकी उपाध्यक्ष देवी सापकोटा, गल्कोट नेपाली समाज यूके अध्यक्ष राजु कंडेल, सिर्जनशील समाजकी कोपिला अधिकारी, शान्ति नेपाली समाज यूके अध्यक्ष लिला बहादुर थापा, हाम्रो नेपाली समाज अध्यक्ष शिव खरेल, नटिंगहम नेपाली समाज अध्यक्ष गोविन्द खरेल लगायतले कार्यक्रममा मन्तव्य दिएका थिए ।

कार्यक्रममा वेलायतका करिब ४ सय जना नेपालीहरुको सहभागिता रहेको मिडल्याण्डको ओल्डवरीस्थित द स्यामसन ब्यांकेटिङमा आयोजित कार्यक्रममा वेलायतस्थित नेपाली सेफहरु, संघसँस्थाका प्रतिनिधीहरु, व्यवसायीहरु, पत्रकार लगायतको बाक्लो उपस्थिती रहेको थियो । बिध्दालयको सहयोगका लागी १० लाख संकलन भयको सो कार्यक्रम भब्य भयको थियो।

कार्यक्रममा चर्चित कलाकारहरु प्रिति आले, कुलेन्द्र बिक, अर्जुन काफ्ले, दीपाशा जलपरी लगायतको विशेष प्रस्तुति थियो। स्थानीय कलाकारहरु शिक्षा पौडेल,चञ्चल पन्थी लगायतको पनि प्रस्तुती रहेको थियो ।

ध्वस्त बनेको सो विद्यालय यसअघि पुनर्निर्माण सम्पन्न भइसकेपनि बजेट अभावमा पुस्तकालय निर्माणको उद्देश्यले सो कार्यक्रम गरिएको आयोजकले जनाएका छ। साथै स‌स्थाको अधिवेशनमा नेतृत्व चयन गर्न गठित निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिम्खडा, आयुक्तहरु फडिन्द्र भट्टराई, बिजन भट्टलाई सम्मान पनि च्यारिटी समयमा गरीयको थियो।
by sitalpatinews

प्रकाशित मिति २०७६ जेठ १ गते बुधबार ०१:०९
प्रतिक्रिया दिनुहोस