मिडिया काउन्सील बिधेयकको बिरोधमा पर्वतका पत्रकार, प्रशासन कार्यालयमा पुगेर धर्ना ।

मिडिया काउन्सील बिधेयकको बिरोधमा पर्वतका पत्रकार, प्रशासन कार्यालयमा पुगेर धर्ना ।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ ३ गते शुक्रबार ०२:३४

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरोध गर्दै पर्वतका पत्रकारहरु पनि आन्दोलित भएका छन । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले घोषणा गरेको विरोधका कार्यक्रमलाई साथ दिदै पर्वतका पत्रकारहरु पनि आन्दोलनमा उत्रिएका हुन...

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरोध गर्दै पर्वतका पत्रकारहरु पनि आन्दोलित भएका छन । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले घोषणा गरेको विरोधका कार्यक्रमलाई साथ दिदै पर्वतका पत्रकारहरु पनि आन्दोलनमा उत्रिएका हुन । पत्रकार महासंघ पर्वत शाखाको आह्वानमा भेला भएका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयको गेटमा बसेर धर्ना दिएका हुन ।

महासँघ पर्वतका अध्यक्ष छविलाल तिवारीका अनुसार धर्नामा सहभागी भएका सञ्चारकर्मीहरु सञ्चारमा प्रयोग हुने सञ्चार सामग्रीहरु सहित धर्नामा बसेका हुन ।

पत्रकारले समाचार लेखेकै भरमा २५ हजार देखि १० लाख रुपैंया जरिवाना तोकिनु स्वतन्त्र प्रेस माथिको कुठराघात भएकोले पत्रकारहरु आन्दोलनमा होमिनु परेको तिवारीको भनाइ छ । विधेयकका केहि बुँदाहरु प्रति आपत्ति जनाउँदै विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको पत्रकारमाहासंघ गण्डकी प्रदेशका महासचिब गणेश पौडेलको भनाई छ ।

 उहाँले पत्रकारहरुको लेखकीय अधिकार प्रति हस्तक्षेप हुने गरी ल्याइएको विधेयकलाई सच्चाउनका लागि माग गर्दै पत्रकारहरु आन्दोलीत बनेको बताउनुभयो । सरोकारवालाहरूसँगको छलफल र सहमति विना नै विधेयक ल्याइएको र यसले पत्रकारहरुलाई अप्ठ्यारोमा पर्ने काम भएको भन्दै पत्रकारहरुले उक्त बिधेयकको बिरोध गरेका हुन । प्रस्तावित कानुनले खासगरि मिडिया काउन्सिललाई सरकारी निकायजस्तो बनाउन खोजेको आरोप पत्रकारहरूको छ ।

प्रकाशित मिति २०७६ जेठ ३ गते शुक्रबार ०२:३४
प्रतिक्रिया दिनुहोस