घरमा सुतिरहेकी द्रोपतीको हत्या, श्रीमान र नाति घाइते

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ १२ गते आईतबार ०९:०७

दार्चुलामा अज्ञात् समूहले एकजना महिलाको हत्या गरेको छ । महाकाली नगरपालिका-३ काँटैस्थित पसलमा राति सुतिररहेका बेला अज्ञात समूहले कुटपिट गरी ६५ वर्षीया द्रोपती महराको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । बंगाबगड-दल्लेख सडक...

दार्चुलामा अज्ञात् समूहले एकजना महिलाको हत्या गरेको छ । महाकाली नगरपालिका-३ काँटैस्थित पसलमा राति सुतिररहेका बेला अज्ञात समूहले कुटपिट गरी ६५ वर्षीया द्रोपती महराको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

बंगाबगड-दल्लेख सडक छेउमा पसल गरेर बस्दै आएका महरा दम्पती तथा नातिमाथि नै अज्ञात समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताए ।

प्रकाशित मिति २०७६ जेठ १२ गते आईतबार ०९:०७
प्रतिक्रिया दिनुहोस