पेरुमा ८ म्याग्निच्युटको महाभूकम्प, एक जनाको मृत्यु  

पेरुमा ८ म्याग्निच्युटको महाभूकम्प, एक जनाको मृत्यु  

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ १३ गते सोमबार ०८:२८

ल्याटिन अमेरिकी देश पेरुमा आइतबार बिहान ८ म्याग्निच्युटको महाभूकम्प गएको छ। भूकम्पमा परी अहिलेसम्म एक जनाको मृत्यु भएको जनाइएको छ। महाभूकम्पले दर्जनौं भवनहरु भत्काएका छन्। भूकम्पको धम्का इक्वेडर, कोलम्बिया, ब्राजिलमा समेत...

ल्याटिन अमेरिकी देश पेरुमा आइतबार बिहान ८ म्याग्निच्युटको महाभूकम्प गएको छ। भूकम्पमा परी अहिलेसम्म एक जनाको मृत्यु भएको जनाइएको छ।

महाभूकम्पले दर्जनौं भवनहरु भत्काएका छन्। भूकम्पको धम्का इक्वेडर, कोलम्बिया, ब्राजिलमा समेत महसुश गरिएको थियो।

आइतबार भूकम्पले लगुनासको दक्षिणपूर्वी क्षेत्रमा केन्द्रविन्दु बनाएको थियो। लगुनास दश हजार नागरिकको बासस्थान हो।

पृथ्वीको १ सय १० किलोमिटर तलको भागबाट भूकम्प गएको पेरुको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प २ मिनेटसम्म गएको जनाइएको छ।

हाल १५ सय सेनाहरु उद्धारमा जुटेका छन्। राहत प्रदान गर्ने कार्यसमेत जारी छ।

राष्ट्रपति मार्टिन भिजकार्राले आफूहरुले प्रभावित क्षेत्रको पहिचान गरिरहेको जानकारी दिएका छन्। उनले आफ्ना नागरिकलाई नअत्तालिन आग्रह गरेका छन्। एजेन्सी

 

प्रकाशित मिति २०७६ जेठ १३ गते सोमबार ०८:२८
प्रतिक्रिया दिनुहोस