गणतन्त्र दिवसमा बृहत निशुल्क स्वास्थय शिविर

गणतन्त्र दिवसमा बृहत निशुल्क स्वास्थय शिविर

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ १४ गते मङ्गलबार १२:३५

पर्वत गणतन्त्र दिवसको अवसर पारेर रेडियो दिदीबहिनीले बृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । मोदी गाउँपालिका ६ तिलाहारमा रेडियोले गाउँपालिकाको समन्वयमा दुई दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविरको पहिलो दिन...

पर्वत
गणतन्त्र दिवसको अवसर पारेर रेडियो दिदीबहिनीले बृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । मोदी गाउँपालिका ६ तिलाहारमा रेडियोले गाउँपालिकाको समन्वयमा दुई दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

शिविरको पहिलो दिन दुई हजारले स्वास्थ्य सेवा लिएका छन् ।निशुल्क स्वास्थय शिविरको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्नुभयो

 

।उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले आर्थिक अवस्था कम भएका, असाहय, अशक्त, जेष्ठ नागरिक र आर्थिक अवस्था कमजोर भएकाहरुको लागि यस्तो शिविरले राहत मिलेको बताउनु भयो।

महिलाहरुको नेतृत्वमा संचालन भएको रेडियोले जिल्लामा संचारक्षेत्रबाट जनतालाई सूचना प्रवाह गर्दै आएपनि स्वास्थ्य क्षेत्रमा पनि अभियान संचालन गरेको भन्दै संविधानसभा सदस्य तथा रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा चिकित्सा क्षेत्रमा लागेका २० जना चिकित्सकहरुलार्ई सम्मान गरिएको थियो । शिविरमा मुटु रोग, स्त्रीरोग तथा प्रसुती रोग, दन्त, नाक, कान, घाँटी, आँखा, मानसिक तथा स्नायू रोग, पेट तथा छाती, हाड जार्नी तथा नसा रोग, मृगौला रोगको परीक्षण गरिएको थियो ।पहिलो दिन २ हजार जना ले स्वास्थ्य जाच गरेका छन्।रेडियोले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा पनि निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्र्दै आएको छ ।

भोली १५ गते गणतन्त्र दिवसको दिन रतm दान कार्यक्रम र रतm समुह परिक्षण गरिने संबिधान सभाका सदस्य तथा रेडियो दिदि बहिनी का अध्यक्ष कल्पना चापागाईले जानाकारी दिनु भएको छ। गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलको अध्यक्षमा भएको कार्यक्रमको स्वागत संविधानसभा सदस्य तथा रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईले र संचालन गाउँपालिकाका कार्यकारी अधिकृत कुमानसिङ गुरुङले गर्नुभएको थियो ।

प्रकाशित मिति २०७६ जेठ १४ गते मङ्गलबार १२:३५
प्रतिक्रिया दिनुहोस