आर्थिक बर्ष २०७६÷०७७ को लागि बजेट सार्वजनिक ।।

आर्थिक बर्ष २०७६÷०७७ को लागि बजेट सार्वजनिक ।।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ १५ गते बुधबार १२:५४

सरकारले आर्थिक बर्ष २०७६÷०७७ को लागि बजेट सार्वजनिक गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले आउदो आर्थिक बर्षको बजेट सार्वजनिक गर्नुभएको हो । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले सरकारले यस बर्ष जेष्ठ नागरिक...

सरकारले आर्थिक बर्ष २०७६÷०७७ को लागि बजेट सार्वजनिक गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले आउदो आर्थिक बर्षको बजेट सार्वजनिक गर्नुभएको हो । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले सरकारले यस बर्ष जेष्ठ नागरिक भक्ता बढाएर मासिक ३ हजार बनाएको जानकारी दिनुभयो । गरिबिको रेखामुनि रहेका वालवालिकाहरुको लागि वालसंरक्षण अनुदानको कार्यक्रमको तयार गर्ने र त्यसको लागि एक अर्ब ६४ करोड रुपैया बिनियोजन भएको छ ।

यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ५ अर्व १ करोड रुपैया बिनियोजन भएको भने राष्ट्रपति चुरे कार्यक्रमको लागि १ अर्ब बजेट छुटइएको छ । यस्तै, सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३ सय विद्यालय भवन निर्माण गर्न ८ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै वालवालिकाको पढाइ र बुझाइको दर बढाउन रंगिन पाठ्यक्रम निर्माण गरिने र त्यसको लागि २ अर्ब छुट्याइको छ ।

सामुदायिक र नीजि विद्यालयबीचको शैक्षिक गूणस्तर बढाउन विशेष पहल गरिने छ । सबै विद्यालयमा सेनेटरी प्याड पु¥याउन बजेट विनियोजन गरिएको छ भने सबै नागरिकलाइ स्वस्थ बनाइ उत्पादकत्व बढाउन पहल गर्न पनि बजेट बिनियोजन भएको छ । स्वास्थ्य सेवालाइ सर्वसुलभ र गूणस्तरिय बनाइने बिषय पनि बजेटमा उल्लेख छ । रोजगारी कार्यक्रम प्रभावकारी बनाउनको लागि पनि छट्टै बजेट बिनियोजन गरिएको छ ।

आगामी बर्ष युवा वैज्ञानिक सम्मेलन गरिने पनि अर्थमन्त्रीले जानकारी दिनुभयो । सबै नेपालीलाइ स्वास्थ्य बीमामा ल्याइने छ । बीर अस्पतालाइ अन्तराष्ट्रिय रुपकै उत्कृष्ट अस्पताल बनाइने छ । सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान निषेध गरिने गरि बजेट विनियोजन गरिएको छ । ९२ प्रतिशत नागरिकलाइ आधारभूत खानेपानीको सुबिधा पु¥याउने गरि बजेट बिनियोजन भएको पनि अर्थमन्त्रीले जानकारी दिनुभयो । सुख्खाग्रष्त क्षेत्रमा पानीका आयोजनाहरु निर्माण गरिने भने भूकम्पबाट ग्रष्त क्षेत्रमा पानीको व्यवस्था गरिने गरि बजेट विनियोजन भएको छ ।

महिला वालवालिका र जेष्ठ नागरिकको तर्फ ७८ करोड रुपैया बजेट विनियोजन भएको छ । आधारभूत खाद्यान्नमा आत्मनिर्भर हुने गरि कार्यक्रम प्रवद्र्धन गरिने अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो । आगामी ५ बर्षभित्र फलफूलले ढाकेको बारी दोब्बर बनाइने गरि बजेट विनियोजन भएको पनि अर्थमन्त्रीले बताउनुभयो । सबै प्रदेशमा नमूना अर्गानिक खेतीलाइ प्रोत्साहन गर्ने, कृषि सिप सिकेर विदेशबाट फर्किएकालाइ प्रोत्साहन गरिने बिषयलाइ सरकारले प्राथामिकतामा राखेको छ । प्रदेश र ५ र सुदुरपश्चि प्रदेशमा कृषि अनुसन्धान केन्द्र स्थापनाको लागि पनि सरकारले बजेट विनियोजन गरेको छ । आगामी बर्षलाइ बृक्षारोपण बर्षको रुपमा अभियानकै रुपमा अभियान सञ्चालन गरिने पनि बजेट भाषणमा उल्लेख छ ।

शहकारी ढाँचालाइ प्रोत्साहन गरिने पनि सरकारको प्राथामिकतामा परेको छ । पर्यटन क्षेत्रको बिकासलाइ प्राथामिकतामा राखेको र नेपाल भ्रमण बर्ष २०२० लाइ भव्यताका साथ मनाइने पनि सरकारले घोषणा गरेको छ । स्वदेशी उत्पादन तथा उद्योगहरुलाइ प्रोत्साहन गरिने बिषय पनि सरकारले प्राथामिकतामा राखेको छ । उज्यालो नेपालको अभियानलाइ प्राथामिकतामा राखिएको छ । आगामी बर्षभित्रमा हुम्लालाइ सडक सञ्जालमा जोडिने छ । अतिक्रमित सरकारी जग्गाहरु आगामी आर्थिक वर्षमा सरकारी कायम गरिने भएको पनि बजेटको प्राथामिकतामा परेको छ ।

 

प्रकाशित मिति २०७६ जेठ १५ गते बुधबार १२:५४
प्रतिक्रिया दिनुहोस