१३ महिनामा पर्वतमा प्रशासन का काम संगै सामाजिक काम गरेर मन जित्न सफल प्रमुख जिल्ला अधिकारीको पोखरा सरुवा

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ २१ गते मङ्गलबार ०५:२८

सरकारले पर्वत लगायत विभिन्‍न २६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा र पदस्थापन गरेको छ ।गृहमन्त्रालयले मंगलबार पर्वत सहित रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रे, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी, नवलपरासी ९सुस्ता...

सरकारले पर्वत लगायत विभिन्‍न २६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा र पदस्थापन गरेको छ ।गृहमन्त्रालयले मंगलबार पर्वत सहित रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रे, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी, नवलपरासी ९सुस्ता पश्चिम०, रुकुमलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र निर्देशकहरुको सरुवा तथा पदस्थापन गरेको हो।
गृह मन्त्रालयले पर्वतको सिडीयोको रुपमा कल्पना घिमिरे नेपाललाई सरुवा गरेको छ भने पर्वतमा कार्यरत गुरुदत्त ढकाललाई कास्कीको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेको छ । पर्वतमा महिला सिडीयोको सरुवा संगै पहिलो महिला सिडीयो हुने अवसर कल्पना घिमिरे नेपालले पाउने भएकी छन । घिमिरे रुपन्देहीको सहायक प्रजिअको रुपमा कार्यरत थिइन ।
पर्वतमा १३ महिना बिताएका ढकाल सेवाग्राही मैत्री तथा बिकास आयोजनाहरुको समयमा काम हुनुपर्छ भनेर लागि रहेका थिए । उनले कार्यालयमा आउने सेवाग्राहीलाई बिना काम फर्काउन हुन्न र फर्काउँदा समेत उचित कारण देखाएर फकाउनुपर्छ भन्ने मान्यता राख्दथे । कार्यालयमा निवेदन नभएपनि काम गर्ने, स्तनपान कक्ष बनाउने, स्वास्थ्य परिक्षण गर्ने सेवा समेत जिल्लामा पहिलो पटक सुरुवात गरेका थिए भने गाउँगाउँमा पुगेर शिबीर सञ्चालन गर्दै नागरिकता बितरण गरेका थिए ।

यस्तै पर्वतमा यस अघि कार्यरत रहेका शम्भुप्रसाद मरासिनीलाई नवलपरासी, सुस्ता पश्चिममा कामु सिडियोको रुपमा खटाइएको छ । गृहमन्त्रालयले निकालेको सरुवा सूची अनुसार नुवाकोटका सीडीओ उद्धवबहादुर थापालाई गृहमन्त्रालयमा सरुवा गरिएको छ । नुवाकोटमा द्रोण पोखरेललाई पठाइएको छ ।

त्यसैगरी, सिरहामा कार्यरत रुद्रप्रसाद पण्डितलाई तनहुँको कामु सीडीओ बनाइएको छ । नुवाकोटमा कार्यरत गोपालकुमार अधिकारीलाई सिराह पठाइएको छ ।

रुपन्देहीकामा उद्धवबहादुर रानामगरलाई काभ्रे सरुवा गरेको छ। कपिलवस्तुका अर्जुनप्रसाद पोखरेललाई रुपन्देही सरुवा गरिएको छ। गोरखाका गजेन्द्रबहादु श्रेष्ठलाई कपिलवस्तु पठाइएको छ भने सर्लाहीमा कृष्णबहादुर राउत गएका छन् ।

डोटीमा टेकनारायण पौडेल गएका छन् । सिन्धुलीमा जनार्दन गौतमको सरुवा भएको छ भने ध्रुवबहादुर खड्का उदयपुर पुगेका छन् । गृहले सहायक प्रमुख जिल्ला अधिकारीहरुको पनि सरुवा गरेको छ।
रुपन्देहीमा शम्भुप्रसाद रेग्मी र गोरखामा देवेन्द्र लामिछानेलाई पठाएको छ

प्रकाशित मिति २०७६ जेठ २१ गते मङ्गलबार ०५:२८
प्रतिक्रिया दिनुहोस