।
नारि उत्थान समाज र पर्वतको पैयूँ गाउँपालिका वडा नं ४ को आयोजना गरिएको अतिथ्यता व्यवस्थापन तालिम पनि आजबाट सकिएको छ । पर्यटन प्रवद्र्धनमा सघाउन नारी उत्थान समाज र पैयु गाउँपालिका वडा नं ४ को आयोजना तथा नेपाल पर्यटन वोडको संयोजन र नेपाल महिला संजाल पैयु ४ को सहकार्यमा तालिमको आयोजना गरिएको थियो । आजको समापन कार्यक्रममा बोल्दै संबिधान सभाका सदस्य तथा सांसद तथा रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईँले आन्तरिक र बाह्य पर्यटकहरु घुम्नका लागि गएको बेला उनीहरुको बसाई लम्ब्याउन सक्ने हो भने देशको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।स्थानीय नागरिकहरुको जीवनस्तर उकास्नका लागि होम स्टे राम्रो उपाय भएको तर त्यसका लागि आवश्यक सीपको व्यवस्थापन हुन नसक्दा कतिपय होमस्टेहरु संचालनमा अप्ठ्यारो परिरहेको उहाँको भनाई छ
। होमस्टे संचालनमा ल्याउनु मात्र ठूलो कुरा नभई आएका पाहुनाहरुलाई प्रदान गरिने सन्तुष्टी सफलताको सूचक हुने चापागाईँको भनाई छ । उहाँले आतिथि सत्कार व्यवस्थापन तालिममा सहकार्य गरेकोमा पर्यटन प्रवद्र्धन केन्द्रलाई बिशेष धन्यवाद दिँदै तालिममा सहभागी हुनुभएकाहरुलाई आपूmहरुले सिकेका कुरालाई पूर्ण रुपमा व्यवहारमा उतार्न अनुरोध गर्नुभयो ।
पछिल्लो समयमा पर्यटन क्षेत्र उच्च प्राथमिकतामा परेको बताउँदै उहाँले पर्यटन क्षेत्र बिकासको लागि ब्यवसायको गुणस्तरको ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।यस्तै, नेपाल पर्यटन बोर्डका प्रवन्धक सुर्य थपलियाले स्थानीय नागरिक जागरुक भएर पर्यटन प्रबद्र्धनमा लाग्ने हो भने पर्यटन बोर्डले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
नेपाल सरकारले नै देशको आर्थिक विकासको एउटा आधार पर्यटन क्षेत्रलाई मानेका कारण नागरिकले पनि सोही आधारमा पर्यटनमैत्री वातावरणको सिर्जना गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।तालिममा प्रबन्धक थपलिया सहित झकप्रसाद ढकाल, कृष्णा भारती र तोयनाथ ढकालले प्रशिक्षण दिनुभएको थियो ।तालिममा पर्वत जिल्लामा पर्यटन भित्राउनका लागि अवलम्बन गरिन सक्ने उपाय, पर्यटकहरुका लागि गरिने आतिथ्यता स्वागत, पर्यटकहरुका लागि पकाईने अर्गानिक र स्थानीय स्वादको स्वादीष्ट खाना बनाउने तरिका लगायतको बारेमा प्रशिक्षण दिइएको रेडियो दिदीबहिनीकी कार्यक्रम संयोजक दुर्गा शर्माले जानकारी दिनुभयो ।उक्त कार्यक्रममा नेपाल महिला संजाल ले ३६ जना अनाथ र बिपन्न असाय बालबालिका लाई शैक्षिक सामा्रगी बितरण गरेको छ।
प्रकाशित मिति २०७६ जेठ २२ गते बुधबार ०२:३९