जन्मोत्सवमा उपहार लिने चलन छन । तर, यहाँकी एक छात्राले आफ्नो जन्मोत्सवमा विपन्न समुदायका बालबालिकालाई उपहार स्वरुप पोषाक वितरण गरेकी छन् । पर्वतको कुस्मा घर भई बेलायतमा अध्ययन गर्दै आएकी सुिस्मता गिरीले कुस्मा नगरपालिका वडा नं ७ गोदाम स्थित युवा बर्ष आधारभूत बिद्यालयमा अध्ययन गर्ने सबै बिद्यार्थीलाई पोशाक उपहार दिएकी हुन् । उनले आफ्नो जन्मदिनमा गरिने फर्जुल खर्च कटाएर युवा बर्ष आविका विद्यार्थीलाई पोशाक वितरण गरेकी छन्
। गिरीले गत बर्ष पनि आफ्नो जन्म दिन पारेर बिद्यालयका सबै बिद्यार्थीलाई झोला र शैक्षिक सामाग्री बितरण गर्नुभएको थियो । अधिकाँश दलित समुदायका बिद्यार्थीले अध्ययन गर्दै आएको बिद्यालयमा बिद्यार्थीका लागि पोशाकको आवश्यकता भएको जानकारी पाएपछि गिरीले उपहारको रुपमा पोशाक सहयोग गरेको हजुर बुवा कलधर गिरीले बताए । बिद्यार्थीलाई उपहार पठाउने गिरी पर्वत समाज अन्तराष्ट्रियका अध्यक्ष पुरन गिरीकी छोरी हुनुहुन्छ ।
पोशाक बितरण कार्यक्रममा गिरीका अंकल तथा नेकपा कुस्मा नगरकमिटीका अध्यक्ष शंकर गिरीले सदरमुकाम कुस्मामा भएपछि पछाडी परेको बस्तीका बालबालिकालाई शैक्षिक अवसर लिन सहयोग पुगोस भनेर सहयोग भएको बताउँदै बिद्यार्थी र अभिभावकले शिक्षालाई प्राथमिकतामा राख्न सके भबिश्यमा सक्षम नागरिक उत्पादन गर्न यस्ता सहयोगले प्रोत्साहन दिने धारणा राखे ।
प्रकाशित मिति २०७६ असार ६ गते शुक्रबार ०१:३५