पछिल्लो समयमा बिदेश जानको लागि युवाहरु को लाईन नै छ बिदेश जानको लागि दैनिक राजधानी काम र पासपोर्ट लिन र बिदेश जान हतारमा छन् तर यस्ता युवा पनि छन् जुन बिदेशमा १७ बर्ष काम गरेर पनि नेपाल मा केहि गर्नै अठोट मनमा राखेर नेपाल आउन चाहान्छन् यस्को उदाहरण हुनु हुन्छ जलजला गाउँ पालिका ४ का सरोज खत्रि उहाँ भन्नु हुन्छ बिदेशमा १७ बर्ष काम गरेपनि मन भने नेपालमा नै केहि गर्न बिचार लिएर काम गरे आज त्यो सपना पुरा भयो तलब पनि राम्रो थियो बिदेश भन्दा नेपालमा पनि काम गरेपछि सफल भइन्छ भन्ने लाग्छ त्यहि भएर यो लोकल कुखुरा को फम सुर गरेको खत्रिको भनाई छ ।जलजला गाउँ पालिका ४ घर भएका क्षेत्री आफ्नो जग्गामा लोकल कुखुरा को ब्यवसाय सुरु र्गनु भएको छ ।

किन ब्यवसाय रोज्नु भयो भनेर सोध्धा बिदेश बाट नेपाल आएपछि फेरि बिदेश जान मन लागेन तलब पनि राम्रो थियो तरआफ्नो ठाँउमा केहि गरै भनेर व्यवसाय गरेको क्षेत्री को भनाई छ उहाँ भन्नु हुन्छ मेरो साउदी अबरमा तलब घद्दण्ण् रियाल थियो,,छुट्टीमा आएको तर फर्किन मन लागेन,त्यसैले यहि केही गर्छु भनेर लागेको,बताउनु हुन्छ २०७५ साल पौस महिना देखि २०० वटा लोकल कुखुरा चल्ला हालेर शुरु गरेको बताउदै अहिले सम्म ३५० ठुला र ३०० साना चल्ला आप्नो फम मा रहेको बताउदै आप्नो दिन चर्या यीनै कुखुरा संग बितेको बताउनु हुन्छ दिन भर कुखुरा चराउने र कखुराको हेर चाहामा बित्ने गरेको बताउदै आफु यसरी आप्नै ठाउँमा आप्नै परिवार संग बसेर व्यवसाय गर्दा निकै खुसि भएको अनु भव सुनाउनु हुन्छ र अब का बाकि समय पनि आफु व्यवसाय गरर बिताउने सोचेको क्षेत्री को भनाई छ , आप्नै जग्गा मा व्यवसाय गरेको ले त्यति अप्ठारो नभएको भन्दै ६५० स्क्वायर फिट खोर र चार रोपनी जग्गामा फेन्सिङ गरेको बताउदै दिन भर चल्ला माउ लाई पनि चराउन सहज भएको बताउन्ु हुन्छ २०७५ पौष बाट सुरु गरेको व्यवसाय अहिले सम्म एक लाख को कुखुरा बिक्रि गरेको क्षेत्री भनाई छ ।

कहाँ कहाँ जान्छ भन्दा उहाँ भन्नु हुन्छ खासै बजारमा समस्या नभएको बताउनु हुन्छ यहाँका होटेल रेस्टुरेन्टमा हामी आफै डेलिभरी गर्छौ,अहिले कुस्माको तरकारी बजारदेखि पनि बिक्रि भैरहेको छ,,अब छिट्टै बेनि र बाग्लुङमा पनि बिक्री गर्ने योजना छ,,गाउँ घरमा फाट्ट फुट्ट पालीने स्थानीय प्रजातीको लोकल कुखुरा अहीले व्यवसायीक रुपमा पालन गर्न थालिएपछि होटल व्यवसाहिलाई पनि सहज भएको छ पहिला पहिला लोकल कुखुरा खोज्न गाउँ भरि पुग्ने थियौ अहिले लोकल कुखुरा को व्यावसाहिक सुरु गरेपछि सहज भएको जलजला ४ कै सुलोचना सापकोटा ले सहज भएको बताउनु हुन्छ ।

कोईलर र वोईलरको बजारमा लोकल जातको कुखराको माग राम्रो भएपछि अहीले आफुले व्यवसायीक लोकल जातका कुखरा पाल्न थालेको किसान सारोज खत्रिको भनाई छ विषेश गरी होटल सञ्चालकहरुले लोकल कुखुरा घरमै आएर लग्ने र सुत्केरी गर्भवती को लागि पनि लोकल कुखुराको माग बढी रहेका कारण व्यवसायमा लागीरहेको क्षेत्रीको भनाई छ उहाले थप्नु हुन्छ पाल्पा देखि गोल्डेन मिश्री जातका चल्ला ल्याउने गर्छु हराउँदै गएको जातको जग्रेना गर्न पनि आँफुहरुले गाउँ देखी लोकल जातको कुखुरा संकलन गरेर धेरैको संख्यामा पालेको बताउनु भयो । प्रति किलो ७५० का दरले बिक्र हुने गरेको क्षेत्रीको भनाई छ
प्रकाशित मिति २०७६ असार ७ गते शनिवार ०८:४५