समुदाय प्रहरी साझेदारी कार्यक्रमा अन्तरगत आत्महत्या रोकथाम तथा अन्तरक्रिया कार्यmक्रम सम्पन्न भएको छ ।कस्मा नगरपालिका ६ स्थीत सामुदायिक प्रहरी शेवा केन्द्र कुस्मा पर्वतको सभाहलमा जिल्ला प्रहरी सेवा केन्द्र कुस्माको संयुक्त आयोजनामा बिस्व आत्म हत्या रोकथाम दिवश २०७६ अन्तmरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।सामाजिक संजालको दुरुपयोग ,परिवारमा बिचलीत , असिमित इच्छा लगाएतका कारण आत्म हत्या का घटना बढी भएको कार्यक्रमामा बोल्ने बक्ता धाराणा ब्यतmगरेका थिए ।
पछिल्लो समयमा आत्म हत्या का घटना बढ्रदो रहेको हुदा यस्ता खालाका घटना नदोहोराउनको लागि सचेतना कार्यक्रमको आयोजना गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रले जनाएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माका उपाध्यक्ष तुप्ला शाक्यको अध्यक्षतामा मा भएको कार्यक्रमा बोल्दै प्रमख अतिथि प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले पछिल्लो समयमा आत्म हत्या जस्ता घटना बढि रहेको बताउदै यस्ता खालका घटना नदोहोरीन दिन यस्ता खालका कार्यक्रम संचालन र्गनु पर्नै बताउदै आफु सधै सचेत रहन आग्रह र्गनु भएको थियो ।
कार्यक्रममा पत्रकार महासंघका पर्वतका अध्यक्ष छबिलाल तिवारी ,पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ र्शमा , जिल्ला स्वास्थ्य कार्यालयका पर्वतका मानसिक स्वास्थय फोकल पर्सन प्रमुख पशिक्षक तेज प्रशाद सुबेदी , जिल्ला प्रहरी कार्यालयका पर्वतका प्रहरी निरिक्षक राजन रायमाझि सामुदायिक सेवा केन्द्रका कार्यसमितिका पधाधिकारी जिल्ला ट्राफिक कार्यालयका प्रहरी इन्चार्ज स्थानिय आमा समुहका अध्यक्ष स्थानिय लगाएतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतका मानसिक स्वास्थ्य फोकल प्रशन प्रशिक्षक तेज प्रशाद सुबेदीले आत्म हत्या न्युनीकरण का बिषयमा प्रशिक्षण दिनु भएको थियो ।
प्रकाशित मिति २०७६ भदौ २४ गते मङ्गलबार ०३:५१