कुल आचार्यले चुनाव जित्ने देखेपछि निवार्चन स्थगित ,भोलिको मतदान मेसिनमा नभई कागजको मतपत्रमा गर्ने

कुल आचार्यले चुनाव जित्ने देखेपछि निवार्चन स्थगित ,भोलिको मतदान मेसिनमा नभई कागजको मतपत्रमा गर्ने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ असोज २९ गते बुधबार ०५:२१

अन्तर्रा्ष्ट्रिय गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को निर्वाचन स्थगित भएको छ । १६ तारिक तथा असोज २८ गते हुने भनिएको चुनाब स्थगित भएको होे। एनआरएनका घोषणा भएअनुसार अध्यक्षका लागि उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्त बीच प्रतिस्प्रधा...

अन्तर्रा्ष्ट्रिय गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को निर्वाचन स्थगित भएको छ । १६ तारिक तथा असोज २८ गते हुने भनिएको चुनाब स्थगित भएको होे। एनआरएनका घोषणा भएअनुसार अध्यक्षका लागि उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्त बीच प्रतिस्प्रधा भएपछि चुनाव सुरु भएर पनि औटमिटिक सिस्टममा निवार्चन सुरु भएको र मतदाताले भोटहालेपछि पनि मेसिनले गलत देखाएको भन्दै निवार्चन स्थगित गरिएको छ।

कुल आचार्यको प्यानलले जित्ने पक्का देखेपछि बिपक्षि ले धाधलिगरेको चुनावमा सहभागि एक सदस्य ले धौलागिरि मिडियालाई जानाकारी दिएका छन्। मतदान सुरु भएपछि पनि मेसिनमा खराबि देखाउदै मतदान स्थगित गरेको सदस्यको भनाई छ।सम्मेलनमा सहभागी करिब २५ सय प्रतिनिधिले सम्भवत बुधबार साँझसम्म उनीहरुमध्ये एकलाई अध्यक्षमा निर्वा्चित गर्नेभनिएपनि बिपक्षको धाधलिले मतदान रोकिएको बताएको छ । कुल आचार्यका प्रतिशप्रधि कुमार पन्त प्यानलका केहि राम्रा मान्छे कुल आचार्य तर्फ आएको र आफुहरु चुनाव जित्न नसक्ने भएपछि टेकनिकल ,कारण देखाउदै चुनाव स्थगित गर्नै रणनिति गरिएको सहभागि सदस्यले बताउनु भएको छ।

पर्वतको जलजला गाउपालिका धाईरिङ जम्मेर कर्मथलो बेलायत भएपनि आप्नो देश ,ठाँउ गाउँको लागि पनि अध्यक्षका उम्मेदुवारी कुल आचार्यले दश बुदे प्राथामिकताका साथ आचार्यले संघलाई सम्पूर्ण गैरआवासीय नेपालीहरुको साझा बनाई सबैलाई अपनत्व महसुस गर्ने संघ बनाउनका लागि आफुले उम्मेदवारी दिएको बताउनु भएको थियो ।

झन्झटमुक्त गैर आवासीय नेपाली नागरिकता, लगानीको प्रत्याभूति, मर्या्दित तथा सुरक्षित वैदेशिक रोजगार, विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने, ब्रेन ड्रेनबाट ब्रेन गर्ने, संस्थागत सुधारमा भिजन २०२० एन्ड वियोड अवधारणालाई कार्यान्वयन तहमा लैजाने, सडक सुरक्षा, पर्यटन लगायत विषयलाई प्राथमिकताका साथ अघि  बढ्नु भएको छ ,,मतदान भोलि बिहान १० बजे पुनः शुरु हुनेछ। भोलिको मतदान मेसिनमा नभई कागजको मतपत्रमा गर्ने समेत तय भएको छ

प्रकाशित मिति २०७६ असोज २९ गते बुधबार ०५:२१
प्रतिक्रिया दिनुहोस