पर्वतको शंकरपोखरीमा छुरा प्रहारबाट दाजुभाई नै घाइते, अभियुक्त पक्राउ

पर्वतको शंकरपोखरीमा छुरा प्रहारबाट दाजुभाई नै घाइते, अभियुक्त पक्राउ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ माघ २९ गते बुधबार ०६:२९

पर्वतको फलेबास नगरपालिकाको वडा नं ३ मा सोमबार राती छुरा प्रहारबाट सहोदर दाजुभाई गम्भीर घाइते भएका छन । स्थानिय पसलमा मोबाइलको रिर्चाज किन्न पुगेका बेला सोमबार राती साढे ८ बजे २८ बर्षिय बिष्णु नेपाली र २३ बर्षिय मिलन नेपाली माथि...

पर्वतको फलेबास नगरपालिकाको वडा नं ३ मा सोमबार राती छुरा प्रहारबाट सहोदर दाजुभाई गम्भीर घाइते भएका छन ।
स्थानिय पसलमा मोबाइलको रिर्चाज किन्न पुगेका बेला सोमबार राती साढे ८ बजे २८ बर्षिय बिष्णु नेपाली र २३ बर्षिय मिलन नेपाली माथि छुरा प्रहार गरिएको हो ।

अध्यारोमा बालेको टर्च लाइटको प्रकाश आफ्नो अनुहारमा परेको निहुँमा बिबाद हुँदै गएपछि सोही ठाउँका ३८ बर्षिय देबहादुर नेपालीले छुरा प्रहार गरेका थिए । घाइते दाजुभाईको गण्डकी मेडिकल कलेज पोखरामा मा उपचार भईरहेको छ ।
छुरा प्रहार गरि घाइते बनाएको अभियोगमा नेपालीलाई गाउँमै लुकेर बसेको अबस्थामा पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । अभियुक्त नेपालीका बिरुद्ध पर्वत जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरि अनुसन्धानको काम गरिरहेको प्रहरी निरीक्षक बिकास थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७६ माघ २९ गते बुधबार ०६:२९
प्रतिक्रिया दिनुहोस