नेपाल ग्यास बिक्रेता महासंघले आधा सिलिन्डर ग्यास वतरण गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको जनाएको छ। महासंघका कायम मुकायम महासचिव विष्णु दुलालले भने, ‘कोभिड १९ को माहामारीपछि नेपालमा अहिले लकडाउनको अवस्था छ । यस्तो अवस्थामा उपभोक्ताले त्रासको कारण अनावश्यक भण्डारण गर्दा बजारमा ग्यास अभाव भएको हो, यस्तो बेला आधार सिलिन्डर ग्यास वितरण गर्ने निर्णय हुनु स्वागतयोग्य हो ।’
उनले आफूहरुले अहिले नयाँ सिलिन्डर नबेचेको भन्दै बजारमा भएकै सिलिन्डरबाटै व्यवस्थित ढंगले वितरण गरिरहेको बताए ।
प्रकाशित मिति २०७६ चैत १६ गते आईतबार १०:२९