लकडाउनका वेला पनि सवारी पासविनै महँगो भाडा लिएर यातायात व्यवसायीले गाडी चलाउने गरेको खुले

लकडाउनका वेला पनि सवारी पासविनै महँगो भाडा लिएर यातायात व्यवसायीले गाडी चलाउने गरेको खुले

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असार ८ गते सोमबार ०३:०६

लकडाउनका वेला पनि सवारी पासविनै महँगो भाडा लिएर यातायात व्यवसायीले गाडी चलाउने गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त, थानकोटले नेपालगञ्ज र झापाबाट आएको तीन वटा गाडीलाई नियन्त्रणमा लिएसँगै सार्वजनिक यातायात चलाइन थालिएको खुलेको...

लकडाउनका वेला पनि सवारी पासविनै महँगो भाडा लिएर यातायात व्यवसायीले गाडी चलाउने गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त, थानकोटले नेपालगञ्ज र झापाबाट आएको तीन वटा गाडीलाई नियन्त्रणमा लिएसँगै सार्वजनिक यातायात चलाइन थालिएको खुलेको हो ।

थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार पासविना कोरोनाको परीक्षण समेत नभएका व्यक्तिलाई महँगोमा ओसारेको अभियोगमा तीन जना सवारी चालकविरुद्ध कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ । उनले अनलाइनखबरसँग भने, ‘संक्रामक रोग ऐन, २०२० अन्तरगत तीनै जनामाथि कारबाही हुन्छ ।’श्रेष्ठका अनुसार आइतबार बाँकेको नेपालगञ्ज–६ घर भएका राहुल डबरगर, सनुसरीका राकेश शाक्य, बाँकेका रुद्रबहादुर खत्रीवरिद्ध मुद्दा चल्ने भएको हो ।

डबगरले नेपालगञ्जबाट बा ४ ख ४५८० नम्बरको हाइस गाडीमा ८ जना यात्रु बोकेर काठमाडौंसम्म ल्याएका थिए भने शाक्यले १९ जना यात्रुलाई ना ५ ख ५८३४ नम्बरको यात्रुवहाक बसमा काठमाडौं ल्याएका थिए ।

खत्री १५ जना यात्रु लिएर नेपालगञ्जबाट ना ७ ख ७३९५ नम्बरको यात्रुवाहक बसमा काठमाडौं आएका थिए । उक्त सवारी साधनमा सवार ४२ जना यात्रुलाई किर्तिपुर राधाश्वामी सत्संग होल्डिङ जोनमा आवश्यक व्यवस्थापनको लागि पठाइएको श्रेष्ठले बताए ।

प्रकाशित मिति २०७७ असार ८ गते सोमबार ०३:०६
प्रतिक्रिया दिनुहोस