धार्मिक पर्यटकीय क्षेत्र गुप्तेश्वरमा सरसफाई तथा सरसफाईका सामग्री वितरण

धार्मिक पर्यटकीय क्षेत्र गुप्तेश्वरमा सरसफाई तथा सरसफाईका सामग्री वितरण

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ साउन २६ गते सोमबार ०१:२३

२६ साउन– धार्मिक तथा पर्यटकीय स्थल गुप्तेश्वर गुफामा स्वयंसेवी एक संस्थाले सरसफाई तथा सरसफाईका सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाल स्वयंसेवक संघ जिल्ला कार्यसमिति पर्वतले डस्बिन, कुचोलगायतका सामग्री...

२६ साउन– धार्मिक तथा पर्यटकीय स्थल गुप्तेश्वर गुफामा स्वयंसेवी एक संस्थाले सरसफाई तथा सरसफाईका सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाल स्वयंसेवक संघ जिल्ला कार्यसमिति पर्वतले डस्बिन, कुचोलगायतका सामग्री वितरण गरेको हो । संघका सदस्यहरुले गुफा पुग्ने पदमार्ग, गुफा आसपासको क्षेत्र समेत सरसफाई गरेका थिए । संस्थाको तर्फबाट केही सदस्यहरुले गुप्तेश्वरमा स्वयंसेवकको भुमिका समेत निर्वाह गरेका थिए ।

संस्थाले नेपालभर अहिलेसम्म ६० जिल्लामा समिती विस्तार गरी सामाजिक कार्यमा सहभागि हुँदै आएको छ । संस्थाका अध्यक्ष नोदराज रेग्मी ‘अनिल’ले सामाजिक काम गर्नु युवाहरुको दायित्व भएको बताए । पहिलो चरणमा सोमबार गुप्तेश्वर गुफा सरसफाइ गर्ने र त्यसपछि पर्वतको विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुमा सरसफाइ साथै सामाजिक काम गर्ने अध्यक्ष रेग्मीले बताए ।

प्रकाशित मिति २०७७ साउन २६ गते सोमबार ०१:२३
प्रतिक्रिया दिनुहोस