नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघको प्रथम महाधिवेशन हँुदै

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ जेठ २८ गते सोमबार ०६:३४

इकोनोमिक खबर डट कम काठमाडौं । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघको प्रथम महाधिवेशन २०७५ तथा दोस्रो वार्षिक साधारणसभा बुधबार राजधानीमा हुने भएको छ । महासंघले राजधानीमा पत्रकार सम्मेलन मार्फत आउँदो...

इकोनोमिक खबर डट कम

काठमाडौं । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघको प्रथम महाधिवेशन २०७५ तथा दोस्रो वार्षिक साधारणसभा बुधबार राजधानीमा हुने भएको छ । महासंघले राजधानीमा पत्रकार सम्मेलन मार्फत आउँदो जेठ ३० गते अर्थात बुधबार महासंघको दोस्रो वार्षिक साधारणसभा तथा ऐतिहासिक प्रथम महाधिवेशन गर्न लागिएको जानकारी गराएको हो ।
महासंघको महाधिवेशन वर्तमान सरकारका माननिय गृहमन्त्री राम बहादुर थापा (बादल)को प्रमुख आथित्यतामा सम्पन्न गरिने महासंघका केन्द्रिय महासचिव लिला जि.सीले बताउनुभयो ।


सेवामुलक क्षेत्रबाट पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायीहरुले आम नागरिकहरुलाई सेवा पु¥याईरहेको र त्यसबापत राज्यलाई आर्थिक लाभमा टेवा पु¥याईरहेको तर व्यवसायीहरु भने आफु स्वयं सुरक्षित हुन नसकिरहेको अवस्थामा आफ्नो पेशागत हकहितका लागि व्यवसायीहरु संगठित भएको महासंघले बताएको छ । देशैभरबाट ७ प्रदेशका ४२ जिल्लाबाट करिब १ हजार ४३० व्यवसायीहरु महासंघमा आवद्ध रहेको महासचिव जि.सीले जानकारी गराउनुभयो । अझ करिब दुई हजार यस्ता पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायीहरु महासंघ बाहिर रहेका र आउँदा दिनहरुमा छुटेका व्यवसायीहरुलाई पनि महासंघमा ल्याइने महासचिव जि.सीले बताउनुभयो ।
देशैभरबाट करिब पाँच हजारको हारहारीमा रहेका यस्ता पार्टी प्यालेस तथा क्याटरिङ्ग सर्भिसले दैनिक ५० हजारलाई रोजगारी प्रदान गरेको र युवा जनशक्तिलाई विदेशीनबाट रोकेको बताउँदै, राज्यलाई रोजगारी सिर्जनामा समेत सहयोग पु¥याएको अध्यक्षअरुण शंकर वैद्यले बताउनुभयो । यस्तो व्यवसायलाई राज्यले भने यो वा त्यो बहानामा संकुचित गर्न खोजेको महासंघको आरोप छ । पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायमा संख्याको सिलिङ्ग लगाएर व्यवसायी र सेवाग्राही दुबै माथि राज्यले अन्याय गरेको महासंघको अध्यक्ष वैद्यको भनाई छ । छरछिमेक, इष्टमित्र तथा साथी भाइलाई आत्मियताका साथ खुवाईने भोजमा राज्यले प्रहार गर्न नहुने र सामाजिक मेल विग्रन दिन नहुने महासंघको भनाई छ । यसमा समयमै राज्य गम्भिर भएर सहि निर्णय लिन समेत महासंघले माग गरेको छ ।

प्रकाशित मिति २०७५ जेठ २८ गते सोमबार ०६:३४
प्रतिक्रिया दिनुहोस