क्यान्सर पीडित अभिनेता सञ्जय दत्तको अनुरोधः मेरो लागि प्रार्थना गरिदिनुस्

क्यान्सर पीडित अभिनेता सञ्जय दत्तको अनुरोधः मेरो लागि प्रार्थना गरिदिनुस्

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ३ गते बुधबार ०५:०७

मुम्बइ । क्यान्सर रोगबाट पीडित भारतीय अभिनेता सञ्जय दत्तले आफ्नो उपचार सफल होस् भनेर शुभचिन्तकहरुलाई प्राथना गरिदिन अनुरोध गरेका छन् । फोक्साेको क्यान्सरसँग रोगले थलिएर जुधिरहेका बलिउड अभिनेता दत्तलाई उपचारको लागि मुम्बईको...

मुम्बइ । क्यान्सर रोगबाट पीडित भारतीय अभिनेता सञ्जय दत्तले आफ्नो उपचार सफल होस् भनेर शुभचिन्तकहरुलाई प्राथना गरिदिन अनुरोध गरेका छन् ।
फोक्साेको क्यान्सरसँग रोगले थलिएर जुधिरहेका बलिउड अभिनेता दत्तलाई उपचारको लागि मुम्बईको अंधेरीस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ ।
यसभन्दा अगाडि अभिनेता सञ्जय दत्त विदेशमा आफ्नो उपचार गराउने भनिएको थियो । प्राप्त जानकारी अनुसार यसअघि सञ्जय दत्तले मुम्बईका दुई ठूला अस्पताल लीलावती र कोकिलाबेनसँग सम्पर्क गरेका थिए । उनले लिलावती अस्पतालमा केही परीक्षण पनि गराएका थिए ।
प्रकाशित मिति २०७७ भदौ ३ गते बुधबार ०५:०७
प्रतिक्रिया दिनुहोस