घाँस काट्न नेपाल छिरेका दुई भारतीय महिलाबाट साढे ६ लाख बरामद

घाँस काट्न नेपाल छिरेका दुई भारतीय महिलाबाट साढे ६ लाख बरामद

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ४ गते बिहिबार ०१:२९

रौतहटमा करिब साढे ६ लाख रुपियाँसहित दुई महिला पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा कार्यालय मातहत अस्थायी प्रहरीचौकी महादेवपट्टीबाट असई मनोजकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं ३ दशगजा क्षेत्रमा...

रौतहटमा करिब साढे ६ लाख रुपियाँसहित दुई महिला पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा कार्यालय मातहत अस्थायी प्रहरीचौकी महादेवपट्टीबाट असई मनोजकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं ३ दशगजा क्षेत्रमा घाँस काट्न भनी आएका दुई भारतीय महिलाका साथबाट स्रोत नखुलेको रु ६ लाख ४० हजार बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी रबिराज खड्काले बताए।

रकमसहित पक्राउ पर्नेमा भारत विहार राज्य जिल्ला सीतामढी बैरगनियाँ ग्राम पञ्चायत वडा नं १ सिन्दुरिया बस्ने ४५ वर्षीया शान्ति देवी र ४५ वर्षीया मीना देवी छन्। निजहरुलाई नियन्त्रणमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति २०७७ भदौ ४ गते बिहिबार ०१:२९
प्रतिक्रिया दिनुहोस