पुटिनका कट्टर आलोचक नभाल्नीको चियामा विष हालियो, अचेत उनलाई अस्पताल भर्ना गरियो

पुटिनका कट्टर आलोचक नभाल्नीको चियामा विष हालियो, अचेत उनलाई अस्पताल भर्ना गरियो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ४ गते बिहिबार ०७:५३

रुसका विपक्षी नेता एलेक्सी नभाल्नी विषाक्त चियाका कारण अचेत बनेका छन्। विमानमा यात्र गरिरहेका उनी अचेत बनेपछि आकस्मिक अवतरण गरी उनलाई हाल अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ। नभाल्नी रुसी राष्ट्रपति भ्लादमिर पुटिनका कट्टर...

रुसका विपक्षी नेता एलेक्सी नभाल्नी विषाक्त चियाका कारण अचेत बनेका छन्।

विमानमा यात्र गरिरहेका उनी अचेत बनेपछि आकस्मिक अवतरण गरी उनलाई हाल अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ।

नभाल्नी रुसी राष्ट्रपति भ्लादमिर पुटिनका कट्टर आलोचक मानिन्छन्। उनी रुसमा भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय छन्।

मस्कोबाट टोम्स्क फर्कने क्रममा नभाल्नी विमानमै अचेत बनेका थिए। अधिकारीहरुका अनुसार बिहानदेखि नभाल्नीले चिया मात्र सेवन गरेका थिए।

द तास न्युज एजेन्सीका अनुसार ओम्स्क इमर्जेन्सी हस्पिटलमा उनको उपचार भइरहेको छ। पहिले उनको अवस्था गम्भीर भएको बताइएको थियो। हाल उनको अवस्थाको बारेमा केही बताइएको छैन।

नभाल्नीको चियामा कसले विष हाल्यो भनेर यतिबेला रुसी प्रहरीले अनुसन्धान थालेका छन्

प्रकाशित मिति २०७७ भदौ ४ गते बिहिबार ०७:५३
प्रतिक्रिया दिनुहोस