उत्तर कोरियाका शासक किम ‘कोमा’मा !

उत्तर कोरियाका शासक किम ‘कोमा’मा !

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ८ गते सोमबार ०५:३७

उत्तर कोरियाका सर्वाेच्च नेता (शासक) किम जङ उन फेरि गम्भीर बिरामी परेको खबर सार्वजनिक भएको छ। उनी अहिले कोमामा रहेकाले उत्तर कोरियाको शासन सत्ता उनकी बहिनी किम यो जोङले सम्हाल्न थालेको दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डे जुङलाई...

उत्तर कोरियाका सर्वाेच्च नेता (शासक) किम जङ उन फेरि गम्भीर बिरामी परेको खबर सार्वजनिक भएको छ।

उनी अहिले कोमामा रहेकाले उत्तर कोरियाको शासन सत्ता उनकी बहिनी किम यो जोङले सम्हाल्न थालेको दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डे जुङलाई उधृत गर्दै दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन्।

केही दिनअघि मात्र किमले आफ्नी बहिनी यो जोङलाई थप अधिकार दिएर शक्तिशाली बनाएकाे खबर सार्वजनिक भएकाे थियाे।

न्युयोर्क पोस्टका अनुसार दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डे जुङले आफ्नो देशका सञ्चारमाध्यमसँग ‘मैले थाहा पाएअनुसार उनी (किम जोङ उन) कोमामा छन्’ भनेका छन्। उनले जासुसमार्फत आफूले यो गोप्य कुरा थाहा पाएको दाबी गरेका छन्।

यसअघि पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा किमको मृत्यु नै भएको खबर आएका थिए। तर पछि उनी सार्वजनिक भएका थिए।

प्रकाशित मिति २०७७ भदौ ८ गते सोमबार ०५:३७
प्रतिक्रिया दिनुहोस