बलात्कारी वडाअध्यक्ष जेल चलान

बलात्कारी वडाअध्यक्ष जेल चलान

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १२ गते शुक्रबार ०३:४३

  गोरखा — बालिका बलात्कारको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका–४ का वडा अध्यक्ष ठाकुरकान्त रानाभाट पुर्पक्षका लागि कारागार चलान भएका छन् । साउन १६ गते १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा रानाभाटलाई प्रहरीले पक्राउ...

 

गोरखा — बालिका बलात्कारको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका–४ का वडा अध्यक्ष ठाकुरकान्त रानाभाट पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

साउन १६ गते १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा रानाभाटलाई प्रहरीले पक्राउ गरेको थियो ।

बिहीबार गोरखा अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजालासले रानाभाटलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको श्रेस्तेदार विनोद अधिकारीले बताए ।

प्रकाशित मिति २०७७ भदौ १२ गते शुक्रबार ०३:४३
प्रतिक्रिया दिनुहोस