तथ्यांकमा राजनीति

तथ्यांकमा राजनीति

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ असार ८ गते शुक्रबार ०९:३१

कांग्रेससँगको आलोपालो सत्ता–समीकरण अन्तर्गत तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० जेठ ०७४ मा राजीनामा दिँदै भनेका थिए, ‘अब जनताले भाषणमा होइन, विकास भएको कुरा तथ्यांकबाट पत्याउनेछन् ।’ तत्कालीन प्रतिपक्षी एमालेको...

कांग्रेससँगको आलोपालो सत्ता–समीकरण अन्तर्गत तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० जेठ ०७४ मा राजीनामा दिँदै भनेका थिए, ‘अब जनताले भाषणमा होइन, विकास भएको कुरा तथ्यांकबाट पत्याउनेछन् ।’ तत्कालीन प्रतिपक्षी एमालेको अवरोधका कारण संसद्बाट जनताका नाममा सम्बोधन गरेर बिदा हुन नपाएका दाहालले प्रधानमन्त्री कार्यालयबाटै सम्बोधन गर्दै यस्तो बताएका थिए । उनको यो अभिव्यक्ति एमाले लक्षित थियो । तर, अहिले एमाले नेतृत्वमा वाम गठबन्धनको सरकार सत्तासीन छ । माओवादीसहितको वाम गठबन्धनको सरकारले १६ चैत ०७४ मा श्वेतपत्र जारी गर्‍यो ।

देश आर्थिक रूपमा टाट पल्टेको संकेत दिने गरी आएको श्वेतपत्रको आशयविपरीत सरकारकै अर्को निकाय केन्द्रीय तथ्यांक विभागबाट आएको राष्ट्रिय लेखा तथ्यांकले नेपालीको प्रतिव्यक्ति आम्दानी वृद्धि भएको र अर्थतन्त्रको आकार वृद्धि भएको प्रक्षेपण गर्‍यो, १२ वैशाखमा ।

 

प्रकाशित मिति २०७५ असार ८ गते शुक्रबार ०९:३१
प्रतिक्रिया दिनुहोस