भारतको झारखण्डमा मात्रै काेराेनाबाट ४ हजार प्रहरी संक्रमित, ९ जनाको मृत्यु

भारतको झारखण्डमा मात्रै काेराेनाबाट ४ हजार प्रहरी संक्रमित, ९ जनाको मृत्यु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १६ गते मङ्गलबार ०२:१५

भारतको झारखण्ड राज्यमा कोरोना भाइरसले प्रहरीलाई निकै सताएको छ। त्यहाँ अहिलेसम्म ४ हजारभन्दा बढी प्रहरी संक्रमित भइसकेका छन्। बीबीसी हिन्दीका अनुसार झारखण्ड राज्यमा कोरोनाको संक्रमणमा परेका प्रहरीको संख्या ४ हजार ४५ पुगिसकेको...

भारतको झारखण्ड राज्यमा कोरोना भाइरसले प्रहरीलाई निकै सताएको छ।

त्यहाँ अहिलेसम्म ४ हजारभन्दा बढी प्रहरी संक्रमित भइसकेका छन्।

बीबीसी हिन्दीका अनुसार झारखण्ड राज्यमा कोरोनाको संक्रमणमा परेका प्रहरीको संख्या ४ हजार ४५ पुगिसकेको छ।

तिनमा २ एसएसपी, ३ एसपी र १४ डीएसपीसमेत छन्। संक्रमित प्रहरीमध्ये ९ जनाको मृत्युसमेत भइसकेको छ।

प्रकाशित मिति २०७७ भदौ १६ गते मङ्गलबार ०२:१५
प्रतिक्रिया दिनुहोस