भारतीय अर्थव्यवस्थामा २४ वर्षयताकै उच्च गिरावट

भारतीय अर्थव्यवस्थामा २४ वर्षयताकै उच्च गिरावट

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १६ गते मङ्गलबार ०९:३०

१६ भदौ। आर्थिक वर्ष २०२०–२१ को पहिलो त्रैमासमा भारतीय अर्थव्यवस्थामा २४ वर्षयताकै उच्च गिरावट देखिएको छ। सोमबार जारी सरकारी तथ्यांक अनुसार अप्रिल–जून त्रैमासमा भारतको अर्थव्यवस्थामा २३.९ प्रतिशतको गिरावट आएको हो। कोरोना भाइरसको...

१६ भदौ। आर्थिक वर्ष २०२०–२१ को पहिलो त्रैमासमा भारतीय अर्थव्यवस्थामा २४ वर्षयताकै उच्च गिरावट देखिएको छ। सोमबार जारी सरकारी तथ्यांक अनुसार अप्रिल–जून त्रैमासमा भारतको अर्थव्यवस्थामा २३.९ प्रतिशतको गिरावट आएको हो।

कोरोना भाइरसको महामारीले पूरै विश्वको अर्थव्यवस्थालाई प्रभावित पारेको छ। यस्तोमा उपभोक्ता मागमा कमी र घट्दो निजी लगानीका करण भारतीय अर्थव्यवस्थामा गिरावट आएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारत सरकार र भारतीय केन्द्रीय बैंकले अर्थतन्त्रलाई चलायमान बनाउन अर्बौं डलरको राहत प्याकेज, सुधार र व्याजदर कटौती गरेका छन् । हुनत, भारतको अर्थतन्त्र कोरोनाभाइरस महामारी शुरु हुनुअघि नै खुम्चिँदै गएको थियो । कोभिड–१९ शुरु हुनुअघि विगत ११ वर्षमा पहिलो पटक भारतीय अर्थतन्त्रको वृद्धिदर ४.२ प्रतिशतमा ओर्लिएको थियो ।

प्रकाशित मिति २०७७ भदौ १६ गते मङ्गलबार ०९:३०
प्रतिक्रिया दिनुहोस