रातिदेखि नै विभिन्न स्थानमा भारी वर्षा, अगामी २४ घण्टासम्म सतर्कता अपनाउन मौसमविद्को सुझाव

रातिदेखि नै विभिन्न स्थानमा भारी वर्षा, अगामी २४ घण्टासम्म सतर्कता अपनाउन मौसमविद्को सुझाव

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ३० गते मङ्गलबार ०१:३७

रातिदेखि नै देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। अन्य...

रातिदेखि नै देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। अन्य स्थानमा हल्कादेखि मध्यमसम्म र प्रदेश १ को झापामा भने भारी वर्षा भइरहेको छ।

उनका अनुसार सोमबार राति पोखरा, चितवन र धादिङमा भारी वर्षा भएको थियो। अहिले भने कम भइसकेको छ। अहिले हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविद् शाक्यले जानकारी दिइन्।

काठमाडौं उपत्यकामा पनि मंगलबार बिहान ३ बजेदेखि वर्षा भइरहेको उनले बताइन्। ‘यो अझै केहीबेर जारी रहने अनुमान छ,’ उनले भनिन्।

फेरि दिउँसो पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । प्रदेश १ , प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।

यसैगरी राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले मंगलबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ :  प्रदेश १, प्रदेश २,  वाग्मती प्रदेश र  गण्डकी प्रदेशका  एक वा दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रकाशित मिति २०७७ भदौ ३० गते मङ्गलबार ०१:३७
प्रतिक्रिया दिनुहोस