भारतमा कोरोना संक्रमितको संख्या ५० लाख कट्यो

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख कट्यो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ३१ गते बुधबार ०६:३५

भारतमा काेराेना संक्रमित हुनेको संख्या ५० लाख पुगेको छ। बुधबार २४ घण्टामा ९० हजार एक सय २३ जना संक्रमित थपिएसँगै  संक्रमितको संख्या ५० लाख पुगेको भारतको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। विश्वमैं एउटै देशमा ५० लाख संक्रमित...

भारतमा काेराेना संक्रमित हुनेको संख्या ५० लाख पुगेको छ।

बुधबार २४ घण्टामा ९० हजार एक सय २३ जना संक्रमित थपिएसँगै  संक्रमितको संख्या ५० लाख पुगेको भारतको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विश्वमैं एउटै देशमा ५० लाख संक्रमित हुने देशमा अमेरिकापछि भारत दोस्रो हो।

भरतमा मृत्यु हुने संक्रमितको संख्या ८२ हजार ६६ जना प’गेको छ। ग्त २४ घण्टामै १२ सय ९० जना संक्रमितको ज्यान गएको छ। -राेयटर्स

प्रकाशित मिति २०७७ भदौ ३१ गते बुधबार ०६:३५
प्रतिक्रिया दिनुहोस