बहराइनमा तेरिया र सुरजको प्रस्तुती

बहराइनमा तेरिया र सुरजको प्रस्तुती

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ असार १२ गते मङ्गलबार ०८:३०

काठमाडौँ — बहराइनको सरकारी निकायमा दर्ता भई सामाजीक कार्य गर्दै आइरहेको नेपाली क्लव बहराइनले इदको अवसरमा साँस्कृतिक कार्यक्रम गरेको छ । क्लवका अध्यक्ष कमल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै बहराइनका लागि...

काठमाडौँ — बहराइनको सरकारी निकायमा दर्ता भई सामाजीक कार्य गर्दै आइरहेको नेपाली क्लव बहराइनले इदको अवसरमा साँस्कृतिक कार्यक्रम गरेको छ ।

क्लवका अध्यक्ष कमल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै बहराइनका लागि नेपाली राजदूत पद्यम सुन्दासले वहराइनमा नेपाली समाजले नेपालीको हितको लागि आफुलाई उभाएको भन्दै खुसी जनाए ।
उनले विदेशी भुमिमा नेपाली कला, संगित र भेषभुषाको संरक्षण र उत्थानमा महत्वपुर्ण काम भइरहेको जनाए ।
कार्यक्रममा तेरिया मगरको नृत्यलाई बहराइनवासी नेपालीले प्रत्यक्ष हेर्न पाए । सुरज थापाको स्वरले थप रौनक छाएको थियो । कार्यक्रममा कलाकारहरु पूर्ण लामा, सुप्रिया हमाल, गुनराज मगर, गीता सिन्ताङले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
बालकलाकार प्रिन्स श्रेष्ठ, लक्ष्मी सुनार, दुरुप सुनार, क्षितिज घिमिरे, प्रिन्स रेगामी मगर, हर्षित पौडेलको प्रस्तुतीले नेपालमै रहेको अनुभब गराएको थियो । स्थानीय कलाकार बुद्ध लामा, प्रकृति पाख्रिन, सुप्रिया मल्ल, जेके पुर्ण लिम्बु, पूर्ण लामा, हसन राईले आआफ्ना प्रस्तुतिले महोललाई अझ रमाइलो वनाएका थिए ।
कार्यक्रममा नेपाली क्लब बहराइनका संस्थापक गम गुरुङ, नेपाली क्लबका उपाध्यक्ष लक्ष्मी गिरी, उपाध्यक्ष्य दिपक गुरुङ, गैर आवासीय नेपाली संघ बहराइनका अध्यक्ष लालप्रसाद पुन, क्लबका प्रमुख सल्लाहकार दुर्गा गिरी लगायतकाले शुभकामना मन्तब्य दिएका थिए ।
सन् २००० मा बहराइन सरकारमा दर्ता गरेको नेपाली क्लवले बहराइनमा नेपाली दूतावास नखुल्दा नेपाली कामदारको प्रतिनिधिको रुपमा काम गर्दै आएको थियो ।
प्रकाशित मिति २०७५ असार १२ गते मङ्गलबार ०८:३०
प्रतिक्रिया दिनुहोस