भारतसँगको भिडन्तमा चिनियाँ सेनातर्फ एकदमै कम हताहती भएको थियो’

भारतसँगको भिडन्तमा चिनियाँ सेनातर्फ एकदमै कम हताहती भएको थियो’

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ३ गते शनिवार ०२:४२

भारत र चीनका सेनाबीच गत जुन १५ मा दुई देशको सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा हिंसात्मक झडप भयो। त्यस क्रममा २० भारतीय सेनाको मृत्यु भएको भारत सरकारले त्यही बेला जानकारी गरायो। तर चीनले आफ्ना सेनातर्फ के कति हताहती भए भन्नेबारे...

भारत र चीनका सेनाबीच गत जुन १५ मा दुई देशको सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा हिंसात्मक झडप भयो। त्यस क्रममा २० भारतीय सेनाको मृत्यु भएको भारत सरकारले त्यही बेला जानकारी गरायो। तर चीनले आफ्ना सेनातर्फ के कति हताहती भए भन्नेबारे अहिलेसम्म केही बताएको छैन।

तर यसबीच भारतीय सञ्चारमाध्यमले त्यस झडपमा चीनतर्फ पनि ‘ठूलो क्षति’ भएको दाबी गरेका थिए। तर यसलाई चीनको सरकार नियन्त्रित सञ्चारमाध्यमले ‘झुटो कुरा’ भनिरहेका छन्।

अन्ततः ग्लोबल टाइम्सका सम्पादकले पहिलोपटक त्यस झडपमा चिनियाँ सैनिक पनि मारिएकाे कुरा स्वीकार गरेका छन्।

ग्लोबल टाइम्सका सम्पादक हु सिजिनले बिहीबार ट्विटरमा लेखेका छन्, ‘मैले बुझेसम्म गलवान उपत्यकामा जुन १५ मा भएको भारतका २० सैनिकको मृत्युको तुलनामा चिनियाँ सैनिकतर्फ एकदमै कम हताहती भएका थिए। कुनै पनि चिनियाँ सैनिकलाई भारतीय सैनिकले नियन्त्रणमा लिएका थिएनन्, तर चीनको सेना (पीएलए) का जवानले धेरै जना भारतीय सैनिकलाई आफ्नो कब्जामा लिएका थिए।’

यस ट्विटका साथ एक भारतीय न्युज रिपोर्टको स्क्रिनसट पनि राखिएको थियो, जसमा ‘फेक न्युज’को मार्क लगाइएको थियो।

As far as I know, the death toll of Chinese troops in Galwan Valley clash on June 15 is far fewer than 20 deaths of Indian troops. No Chinese soldiers was captured by Indian troops, but PLA captured many Indian soldiers that day. pic.twitter.com/68ORN3k4Hk
— Hu Xijin 胡锡进 (@HuXijin_GT) September 17, 2020

उसका अनुसार धेरै दशकपछि दुई देशबीच सीमामा पहिलोपटक यस्तो घटना (झडप) भएको थियो। तर चीनले आफ्ना सैनिकतर्फ मृत्यु भयो वा भएन, केही बताएन। दुई देशबीच सीमामा अहिले पनि तनाव जारी छ।

बिहीबार भारतका रक्षामन्त्री राजनाथ सिंहले भारत चीनसामु नझुक्ने र हरेक चुनौती सामना गर्न तयार रहेको बताएका थिए।

यस विषयमा ग्लोबल टाइम्सको वेबसाइटमा सम्पादक हु सिजिनले टिप्पणीसमेत लेखेका छन्।

जसमा उनले लेखेका छन्, ‘भारतका रक्षामन्त्री राजनाथ सिंहले भनेका छन् कि जुन १५ मा गलवान उपत्यकामा चीनका सैनिकले ठूलो नोक्सान बेहोर्नुपरेको थियो। यस किसिमको वक्तव्यको उद्देश्य भारतको राष्ट्रवादी खेमालाई खुसी पार्नु हो। म आज यसको पर्दा हटाइदिन्छु। चिनियाँ सेनाका कर्मचारीका अनुसार गलवान उपत्यकामा जुन १५ का दिन भारतीय सेनाका तुलनामा चिनियाँ सेना एकदमै कम हताहत भएका छन्। भारतका २० सैनिकको मृत्यु भएको थियो भने धरै जना गम्भीर घाइते भएका थिए।’

उनले अगाडि लेखेका छन्, ‘सीमामा तैनाथ पीएलए (चिनियाँ सेना) का अधिकारी, सैनिक बहादुर र एकजुट छन्। यिनीहरूमध्ये धेरैजसोको जन्म १९९० देखि २००० दशकमा भएको हो। अचानक आउने चुनौतीबाट यी डराउँदैनन्। भारतका सेना आफ्ना प्रतिबद्धता पूरा गर्न असक्षम छन्। चीनका सेनाका केही अधिकारी र सैनिक सीमामा गएका थिए, त्यसपछि भारतका सेनाले जबर्जस्ती कुराकानी गरे। यही क्रममा भारतीय सैनिकले केही नबुझी हमला गरे र टकराव सुरु भयो।’

प्रकाशित मिति २०७७ असोज ३ गते शनिवार ०२:४२
प्रतिक्रिया दिनुहोस