प्रियंकासँग दुई अर्ब बढीको घरमा बस्छन् निक, २८ बर्षकै उमेरमा बनाए संसारभर पहिचान

प्रियंकासँग दुई अर्ब बढीको घरमा बस्छन् निक, २८ बर्षकै उमेरमा बनाए संसारभर पहिचान

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ३ गते शनिवार ०७:५५

  काठमाडौं । अमेरिकी पप गायक तथा हलिउड अभिनेता निक जोनस १६ सेप्टेम्बरमा आफ्नो २८ औँ जन्मदिन मनाए। सन् १९९२ मा जन्मेका निक जोनसको वास्तविक नाम निकोलस जेरी जोनस हो। निकको जन्म टेक्ससको डलासमा, पल केभिन जोनस सीनियरको घरमा भएको थियो।...

 

काठमाडौं । अमेरिकी पप गायक तथा हलिउड अभिनेता निक जोनस १६ सेप्टेम्बरमा आफ्नो २८ औँ जन्मदिन मनाए। सन् १९९२ मा जन्मेका निक जोनसको वास्तविक नाम निकोलस जेरी जोनस हो। निकको जन्म टेक्ससको डलासमा, पल केभिन जोनस सीनियरको घरमा भएको थियो। निक १३ वर्षको उमेरमै उनको पहिलो एल्बम इट्स अबाउट टाइम सन् २००६ मा सार्वजनीक भयो । सो ब्यान्डले डिज्नी च्यानलमा ठूलो सफलता पायो।

सात वर्षको उमेरदेखि अभिनय गर्दै आएका निक एकल गीत-एल्बमहरू लिएर आए। निकको रोयल्टी निकै रहेको छ । २८ वर्षीय निक जोनसको कुल सम्पत्ति करिब २५ मिलियन डलर (२ अर्ब ९३ करोड नेपाली रुपैयाँ) छ। यसका साथै निकसँग धेरै महँगा गाडीहरू रहेका छन्।

अमेरिकामा सबभन्दा महँगो स्थानमा निकको  घर छ। रिपोर्टका अनुसार, निक-प्रियंकाको नयाँ घरमा सात बेडरूम र ११ बाथरूम छन्। अगस्टमा निकले आफ्नो घर बेचेको समाचार बाहिरिएको थियो ।

ठूला स्टेज शोहरूमा प्रदर्शनको लागि निकले ठूलो पैसा पनि पाउँदछन्। एक रिपोर्टका अनुसार निकले कन्सर्टमा प्रस्तुत गर्नको लागि ३५ देखि ७० लाख सम्म शुल्क लिन्छन्। निकले प्राय: एकल गायनको रूपमा पैसा कमाएका छन्।

२०१४ देखि २०१६ सम्म उनले कयौ म्यागजिनहरूले ‘सेक्सीएस्ट मेन’ को सूचीमा रखेका छन्। निक जोनस एक्लै २ अर्ब ९३ करोड रुपैयाँ सम्पत्तिका मालिक हुन् । उनी गायनका लागि मात्र नभइ अहिले अभिनयका लागि पनि परिचित छन्। उनको आफ्नै म्युजिक ब्यान्ड छ ।अमेरिकामा रहेका निकका बुबा एक संगीतकार हुन् र  भने उनकी आमा शिक्षिका हुन्।

रिपोर्टका अनुसार जोनस ब्रदर्सले लस एन्जलसको नजिक एनसिग्नो भन्ने ठाउँमा धेरै पैसा लगानी गरिरहेका छन्। निकका तीनै भाइहरू मिलेर त्यस ठाउँमा जग्गाको लागि अहिलेसम्म कुल (३४.१ मिलियन डलर) ३ अर्ब ९० करोड खर्च गरेका छन्।

निक जोनसले २०१८ मा प्रियंका चोपडासँग सन् २०१८ मा विवाह गरे। प्रियंका चोपडा र पप स्टार निक जोनस पहिलो भेट क्वान्टिकोको एक मित्रको माध्यमबाट भएको थियो । दुबै एक अर्कासँग अत्यन्तै खुसी छन्। प्रियंका चोपडा र निक जोनस लस एन्जलसको एक विलासी बंगलामा बस्छन्।  २० हजार वर्ग फुटमा बनेको सो घरको मूल्य करिब २ अर्ब ४० करोडको छ। दुबैले यो घरलाई सजाएका छन्।

प्रकाशित मिति २०७७ असोज ३ गते शनिवार ०७:५५
प्रतिक्रिया दिनुहोस