सारा अलि खानले सुशान्तसँग सम्बन्धमा रहेको स्विकारिन्

सारा अलि खानले सुशान्तसँग सम्बन्धमा रहेको स्विकारिन्

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १२ गते सोमबार ०५:२४

बलिउड अभिनेत्री सारा अलि खानले सुशान्त सिंह राजपुतसँग प्रेम सम्बन्ध रहेको स्विकारेकी छिन्। तर आफूले ड्रग्स कहिल्यै नलिएको उनले एनसीबीसँग बताएकी छिन्। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको विषयलाई लिएर अहिले सीआईबीसँगै...

बलिउड अभिनेत्री सारा अलि खानले सुशान्त सिंह राजपुतसँग प्रेम सम्बन्ध रहेको स्विकारेकी छिन्।

तर आफूले ड्रग्स कहिल्यै नलिएको उनले एनसीबीसँग बताएकी छिन्।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको विषयलाई लिएर अहिले सीआईबीसँगै लागुपदार्थविरुद्धको संस्था एनसीबीले पनि अनुसन्धान गरिहेको छ।

सुशान्त आत्महत्या प्रकरणमा मुख्य रुपमा जोडिएकी उनकी प्रेमिका रिया चक्रवर्तीसँगको सोधपुछपछि एनसीबीले बलिउडमा लागुऔषधको कनेक्सन पत्ता लगाएको थियो।

सोही क्रममा बलिउडका चर्चित अभिनेत्रीहरु दीपिका पादुकोण, सारा अलि खान र श्रद्धा कपुरलाई ड्रग्सको विषयमा एनसीबीले शनिबार सोधपुछ गरेको थियो।भारतीय संचार माध्यमका अनुसार सोही क्रममा सारा अलि खानले सुशान्तसँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेकी थिइन्।

सन् २०१८ मा चलचित्र सुटिङका क्रममा सुशान्तसँग आफ्नो सम्बन्ध रहेको साराले स्विकारेकी हुन्।

उनले आफूले सुशान्तले ड्रग्स लिने गरेको देखेपनि आफूले कहिल्यै ड्रग्स प्रयोग नगरेको बताएकी थिइन्।

श्रद्धा कपुरले पनि आफूले सुशान्तले ड्रग्स लिने गरेको देखेको एनसीबीसँग बताएकी थिइन्। आफूले भने ड्रग्स नलिएको उनको भनाइ थियो।

यस्तै दीपिका भने सोधपुछका क्रममा तीनपटक भक्कानिएर रोएको बताइएको छ। उनले आफूले ड्रग्स नलिएको एनसीबीसँग बताएकी थिइन्।

भारतीय संचारमाध्यमका अनुसार दीपिकाले आफूले आफ्ना म्यानेजरसँग ड्रग्सको विषयमा च्याट गरेको स्वीकार गरेकी थिइन्। हाल दीपिका, श्रद्धा र सारा अलिखानको फोनलाई एनसीबीले जफत गरेको छ।

फोनबाट ड्रग्सको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ। एजेन्सी

प्रकाशित मिति २०७७ असोज १२ गते सोमबार ०५:२४
प्रतिक्रिया दिनुहोस