‘अब १ रुपैयाँमा चढ्नुहोस् होण्डा’

‘अब १ रुपैयाँमा चढ्नुहोस् होण्डा’

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १४ गते बुधबार ०६:०३

नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले नेपालीहरुको महान चाड दशैँलाई लक्षित गरी ‘हरएक नेपालीलाई १ रुपैयाँमा होण्डा’ नामक योजना ग्राहकवर्गहरु माझ ल्याएको छ। कोभिड– १९...

नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले नेपालीहरुको महान चाड दशैँलाई लक्षित गरी ‘हरएक नेपालीलाई १ रुपैयाँमा होण्डा’ नामक योजना ग्राहकवर्गहरु माझ ल्याएको छ।

कोभिड– १९ को यस विषम परिस्थितिलाई मध्यनजर गर्दै उत्सवको यस अवसरमा होण्डाले समस्त नेपालीहरु माझ खुसी साटासाट गर्ने उद्देश्यले यो योजनालाई नेपाली बजारमा ल्याएको जनाएको छ।

मंगलबार ( असोज ११ गते) देखि लागू हुने यस योजना अविधि भर ग्राहकहरुले होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १ प्रतिशतको ब्याजदरमा खरिद गर्न सक्नेछन्। स्याकार इन्भेष्टमेन्ट भएका स्थानहरुमा लागू हुने यस फाइनान्स योजनामा ग्राहकहरुले आकर्षक नगद उपहारका साथै अन्य थुप्रै सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन्।

यस योजना अन्तर्गत खरिदकर्ताहरुले होण्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्क्र्याच कुपन मार्फत रु. १ लाखसम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्रि बोनस सर्भिसिङ्गका साथै ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

यसका साथै होण्डा बिग बाइकको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्नेछन्। थप जानकारीका लागि ग्राहकहरुले होण्डाको टोल फ्रि नम्बरहरु १६६००१४६६३२ (नमस्ते) ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन्।

प्रकाशित मिति २०७७ असोज १४ गते बुधबार ०६:०३
प्रतिक्रिया दिनुहोस