आफ्नै मृत्युको पूर्वानुमान लगाउन सकिने यस्तो छ तरीका, बेल्जियममा भयो यस्तो चमत्कार !

आफ्नै मृत्युको पूर्वानुमान लगाउन सकिने यस्तो छ तरीका, बेल्जियममा भयो यस्तो चमत्कार !

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १५ गते बिहिबार ०२:०१

काठमान्डौ - रगतमा रहेको भिटामिन ‘डी’को तहका आधारमा स्वास्थ्य अवस्थाबारे भविष्यवाणी गर्न सकिने एक अध्ययनले निष्कर्ष निकालेको छ । अध्ययनकर्ताहरूले भिटामिन ‘डी’को आधारमा कुनै पनि प्राणीको मृत्युको पूर्वानुमानसमेत गर्न सकिने...

काठमान्डौ – रगतमा रहेको भिटामिन ‘डी’को तहका आधारमा स्वास्थ्य अवस्थाबारे भविष्यवाणी गर्न सकिने एक अध्ययनले निष्कर्ष निकालेको छ । अध्ययनकर्ताहरूले भिटामिन ‘डी’को आधारमा कुनै पनि प्राणीको मृत्युको पूर्वानुमानसमेत गर्न सकिने दाबी गरेका छन् । स्वास्थ्यमा आउने भावी चुनौतीलाई पनि भिटामिन ‘डी’को अध्ययनबाट थाहा पाउन सकिने अध्ययनकर्ताहरूको भनाइ छ ।

बेल्जियमको युनिभर्सिटी हस्पिटल्स लेउभेनका डा. लिन एन्टोनिओको टोलीले भिटामिन ‘डी’ र स्वास्थ्य अवस्थाको पूर्वानुमानबारे अध्ययन गरेका हुन् । अध्ययनमा ४० देखि ७९ वर्षसम्ममा मानिसलाई समावेश गरिएको थियो । उनीहरूमाथि सन् २००३ देखि २००५ सम्म अध्ययन गरिएको थियो । अध्ययनमा एक हजार नौ सय ७० जना संलग्न थिए ।

अध्ययनको नेतृत्वकर्ता डा. एन्टोनिओले भने, ‘भिटामिन ‘डी’को अवस्थाको अध्ययनले तत्कालीन स्वास्थ्य अवस्थादेखि भविष्यमा आउन सक्ने स्वास्थ्य चुनौती र मृत्युसम्मको विषयलाई पूर्वानुमान गर्न सक्ने देखिन्छ । उनी नेतृत्वको टोलीले गरेको अध्ययन प्रतिवेदन हालै तयार भएको हो ।

 

तपाईको आयु र मृत्युबारे जान्न यहाँ क्लिक गर्नुहोस

Click Here

प्रकाशित मिति २०७७ असोज १५ गते बिहिबार ०२:०१
प्रतिक्रिया दिनुहोस