नोबेल पुरस्कार घोषणा सप्ताह सुरु, सोमबार चिकित्साशास्त्र तर्फको पुरस्कार घोषणा हुने

नोबेल पुरस्कार घोषणा सप्ताह सुरु, सोमबार चिकित्साशास्त्र तर्फको पुरस्कार घोषणा हुने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १९ गते सोमबार ०८:३१

सन् २०२० को नोबेल पुरस्कार घोषणा सोमबारदेखि सुरु हुँदैछ। नोबेल पुरस्कार समितिका अनुसार पहिलो दिन चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा हुनेछ। कारोलिन्स्का इन्स्टिच्यूट स्टकहोमको एक प्यानलले चिकित्सा विज्ञानतर्फको...

सन् २०२० को नोबेल पुरस्कार घोषणा सोमबारदेखि सुरु हुँदैछ।

नोबेल पुरस्कार समितिका अनुसार पहिलो दिन चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा हुनेछ।

कारोलिन्स्का इन्स्टिच्यूट स्टकहोमको एक प्यानलले चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार घोषणाको तयारी गरेको छ।

कोरोनाभाइरस महामारीका कारण यसवर्ष चिकित्सा विज्ञानतर्फको पुरस्कारले विशेष महत्व राख्नेछ।

तर नयाँ भाइरसका बारेको अनुसन्धानका लागि यसवर्ष प्रत्यक्ष कसैले पुरस्कार प्राप्त गर्ने सम्भावना क्षीण छ।

किनभने सामान्यतया नोबेल एसेम्ब्लीले वर्षौंदेखिको अनुसन्धानबाट तथ्य पुष्टि भएका आधारभूत विज्ञानका क्षेत्रलाई मात्र मान्यता दिने गरेको छ।

गत वर्ष, बेलायती वैज्ञानिक पिटर राचक्लिफ र अमेरिकीहरु विलियम काइलिन र ग्रेग सेमेन्जालाई शरीरका कोषको प्रतिक्रियाका बारेमा अनुसन्धान गरेबापत संयुक्तरुपमा पुरस्कार दिइएको थियो।

नोबेल पुरस्कार विजेताले एउटा स्वर्ण पदक र ११ लाख १८ हजार डलर नगद पुरस्कार प्राप्त गर्दछन्।

चिकित्सा बाहेक अन्य पुरस्कारहरु भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र विधामा दिइन्छ।

प्रकाशित मिति २०७७ असोज १९ गते सोमबार ०८:३१
प्रतिक्रिया दिनुहोस