ब्ल्याक होल र तारापुञ्जको अध्ययन गर्ने तीन वैज्ञानिकले पाए भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २० गते मङ्गलबार ११:१७

ब्ल्याक होल र तारापुञ्जकोबारेमा महत्वपूर्ण अध्ययन गर्ने तीन वैज्ञानिकले यसवर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन्। रोयल स्विडिस एकेडेमी अफ साइन्सले मंगलबार रोजर पेनरोजलाई ब्ल्याक होलबारे गरेको अध्ययनमा...

ब्ल्याक होल र तारापुञ्जकोबारेमा महत्वपूर्ण अध्ययन गर्ने तीन वैज्ञानिकले यसवर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन्।

रोयल स्विडिस एकेडेमी अफ साइन्सले मंगलबार रोजर पेनरोजलाई ब्ल्याक होलबारे गरेको अध्ययनमा र रिनहार्ड गेनजल र आन्द्रे गेजलाई तारापुञ्जबारे गरेको अध्ययनमा संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरिएको घोषणा गरेको छ।

‘ब्ल्याक होलको गठन सामान्य सापेक्षताको सिद्धान्तको एक राम्रो भविष्यवाणी हो’ भनेर रोजरले अध्ययन गरेका थिए।

त्यस्तै रिनहार्ड र आन्द्रेले तारापुञ्जको केन्द्रमा दबिएर बसेका ठूलो बस्तु पत्ता लगाएका थिए।

सोमबार मात्र चिकित्साशास्त्रतर्फको नोबल पुरस्कार प्रदान गरिएको थियो।

हिजो हेपटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो।

सो भाइरस पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्ने वैज्ञानिक हार्भी जे अल्टर, माइकल ह्युस्टन र चार्ल्स एम राइसलाई संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरिएको थियो।

BREAKING NEWS:
The Royal Swedish Academy of Sciences has decided to award the 2020 #NobelPrize in Physics with one half to Roger Penrose and the other half jointly to Reinhard Genzel and Andrea Ghez. pic.twitter.com/MipWwFtMjz
— The Nobel Prize (@NobelPrize) October 6, 2020

प्रकाशित मिति २०७७ असोज २० गते मङ्गलबार ११:१७
प्रतिक्रिया दिनुहोस